search

spot_img
spot_img

१३ वर्षिय नाबालिकाको भारतमा बिक्री गरी गुपचुप बिहे

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल

वीरगंज ५ असार ।  पर्सामा एक जना १३ वर्षिया नाबालिकालाई भारतीय रु ३ लाखमा बिक्री गरी बाल र बेमेल विवाह समेत गराइएको घटना प्रकाशमा आएको छ । यो घटना पोखरीया नगरपालिकाका एक गाउँको हो ।

जेठ २४ गते भारत बिहार,सुगौली नजिकै सुधाव टोलका एक जना ५० वर्षिय पुरुषसंग ती बालिकाको दोस्रो विहे गराउन सो अपराध गरिएको गाउँलेले बताएका छन् ।

यस विष्यामा पीडित बालिकाको हजुरबुवाले स्वयम पर्सा प्रहरीको ईलाका प्रहरी कार्यालय पोखरीया र जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएर छानबिनको माग गरेका छन् । तर केटीको बुवा आमा गरिबीको कारण बालविवाह र बेमेल विवाह गराएको समाज समक्ष जवाफ दिइरहेका छन् ।

तर दुलहाले यसअघि आफनी जेठी श्रीमतिलाई ज्यान सम्बन्धी कसुर गरी मारेको र अर्को नाबालिकासंग विवाह गरी उसको पनि भाविष्य बर्बाद गरेको प्रति दुखः व्यक्त गरेका छन् । भारतीय ५० वर्षिय दुलहाको पोखरीयाको केटीको गाउँमा केही नातेदार रहेको र सोही नातेदारमार्फत उनी केटी खरिद गरी बालविवाह र बेमेल विवाहको दुसाहस गरेको समेत जनाइएको छ । यस विषयमा पर्साका प्रहरी उपरीक्षक गौत्तम मिश्रासंग कुराकानी गर्दा उनले मातहत प्रहरी यूनिटलाई छानबिन गर्न निर्देशन दिएको र सोही अनुसार कारबाही अघि बढिरहेको बताए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एसइईको सफलताले नयाँ सम्भावनाको ढोका खोल्छ– मुख्यमन्त्री सिंह

जनकपुरधाम, १४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads