search

spot_img
spot_img

कलैयाकै कर्मचारीले फेल गराएको आरोप

पढ्न छुटाउनुभयो ?

वीरगंज ५ असार ।

यातायात व्यवस्था कर्यालय कलैयाका एक जना कर्मचारीले जरबजस्ती ट्रायल परीक्षामा फेल गराएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् ।

बारा,कलैया–९ रामपुर बस्ने वर्ष २९ का अनिल साह कानुले यस्तो आरोप लगाएका हुन् । उनले असार ३ गते दिएको ट्रायल परीक्षामा नाम थाहा नभएको एक जना यातायात व्यवस्था कार्यालय गंगापुर कलैयाका कर्मचारीले जबरजस्ती फेल भएको भन्दै ट्रायल सेन्टरबाट निकालेको समेत आरोप लगाए ।

उनले सिसिटिभी क्यामेरा हेरेर सत्यतथ्य छानबिन गर्न आग्रह समेत गरेका छन् । उनले यसै विषयमा आफनो चालक अनुमति पत्रको आवेदनको कागजातसहित सोही कर्याालयमा निवेदन समेत दर्ता गराएका छन् । पहिलेदेखि समुह ‘ए’ को चालक अनुमति पत्रका े लाइसेन्स छ, समुह बी को थप को लागि उनी केही दिन अघि आवेदन गरेका थिए । तर ट्रायल परीक्षाको क्रममा आठ,उकालो आरालो गरी एल बनाए तापनि अन्तमा एक जना कर्मचारीले पछाडी गर भाई भन्दै पछाडी गरेपछि फेल भइस जा भन्दै पठएका थिए ।

विगत ८ वर्ष देखि आफनै घरको सुमो चलाइरहेका कानु अनुभवी चालक समेत हुन् । तर सबै प्रकृया राम्रोसंग पार गर्दा समेत उनी माथि अन्याय भएको भन्दै छानबिनको लागि निवेदन दिएको बताए । यस विषयमा यातायात व्यवस्था कार्यालय कलैयाका प्रमुख अबिन्दर दाससंग कुराकानी गर्दा उनले निवेदन आएको र आवश्यक छानबिन गरी नतिजा निकाल्ने बताए । पास भए पास र फेल भए सिसिटिभी फुटेजको आधारमा निर्णय गर्ने समेत उनले बताए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एसइईको सफलताले नयाँ सम्भावनाको ढोका खोल्छ– मुख्यमन्त्री सिंह

जनकपुरधाम, १४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads