search

पोखरिया नगरपालिकामा अख्तियारको छापा

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ असार ।
पर्सा जिल्लाको पोखरिया नगरपालिकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । विभिन्न योजना, खरिद प्रक्रिया तथा कर्मचारी नियुक्तिमा अनियमितता र अवैध क्रियाकलापको आशंकामा छापा मारिएको आयोगले जानकारी दिएको छ ।
अख्तियारका अनुसार पोखरिया नगरपालिकाले अनाधिकृत रूपमा भर्ना, ठेक्का प्रक्रिया, मालसामान खरिद, बजेट विनियोजन तथा योजनाको कार्यान्वयनमा कानुनविपरीत कार्य गरेको भन्ने उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान गर्दा ठूलो मात्रामा अनियमितताको सम्भावना देखिएको थियो ।
सोही अनुसन्धानको सिलसिलामा आयोगको विशेष टोलीले नगरपालिकाका विभिन्न शाखा—जसमा लेखा, योजना, प्रशासन शाखा एकैसाथ छापा मारेको एक अधिकृतले बताए ।
श्रोतका अनुसार अख्तियारको टोलीले सम्बन्धीत कागजातहरू सङ्कलन गर्दै प्राविधिक उपकरण तथा डिजिटल डेटा समेत जफत गरिरहेको छ । छानबिनका क्रममा करारमा नियुक्त कर्मचारीहरूको प्रक्रिया, योजनाको मूल्यांकन र कामको प्रगति विवरण, भुक्तानी सम्बन्धी अभिलेख तथा बजेट विनियोजनसँग सम्बन्धीत दस्तावेजहरू चेकजाँच गरिरहेको जनाएको छ ।
अख्तियारले यसअघि पोखरियाकै निम्ति प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई बहुदरमाई नगरपालिकासँग जोडिएको घुस प्रकरणमा पक्राउ गरिसकेको छ ।
स्थानीय बासिन्दाहरूले नगरपालिकामा लामो समयदेखि भ्रष्टाचारको गुनासो गर्दै आएका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरूद्धको आफ्नो अभियान अन्तर्गत कुनै पनि तहको सरकारी निकायमा भएको अवैध कार्यमाथि कडाइका साथ अनुसन्धान गर्ने जनाएको छ ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads