search

बहुदरमाईका नि. प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ असार ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंबाट खटिएको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका  निमित प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरेको छ ।
आयोगले दिएको जानकारी अनुसार, पोखरिया नगरपालिका र बहुदरमाई नगरपालिकामा विभिन्न योजनाहरूको स्वीकृति, खरिद आदेश तथा ठेक्कासम्बन्धी प्रक्रियामा अनियमितता गर्दै अवैध रूपमा घुस लिएको आरोपमा श्रीवास्तवलाई पक्राउ गरिएको हो ।
श्रीवास्तवमाथि अनुसन्धानका क्रममा सार्वजनिक पदको दुरूपयोग गरी व्यक्तिगत लाभ लिने उद्देश्यले गैरकानुनी रकम मागेको र लिएको प्रमाण भेटिएको आयोगको एक अधिकृतले जानकरी दिएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।
आयोगले भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीतिअनुसार यस्ता क्रियाकलापमा संलग्न व्यक्तिमाथि कडाइका साथ कारबाही गरिने चेतावनी पनि दिएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads