वीरगंज, ७ असार ।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतमउपर बिगो रू.२ करोड ५१ लाख ७८,६८७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अधिकृत गौतमले पदमा बहाल रहँदा पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीमा अख्तियारले अनुसन्धान गरेको थियो ।
गौतमले सार्वजनिक पद धारण गरेको मिति २०५५।०१।०७ देखि मिति २०७९।१२।२४ गतेसम्मको जाँच अवधिमा निजको पारिश्रमिक बचत रकम, बैठक भत्ता तथा पर्यटन काजको बचत रकम, श्रीमती सरला नेपालको पारिश्रमिक बचत र भ्रमण भत्ता बचत रकम, घररजग्गा बिक्री आय, सञ्चय कोष, बैंकहरू तथा जनक शिक्षा सामग्रीबाट ऋण।सापटी लिएको रकम, शेयर बिक्रीबाट प्राप्त रकम, सवारी साधन बिक्री आय, विमा परिपक्क, समर्पण आय, कृषि आय, घर भाडा आय र बैंक ब्याज आय गरी कूल जम्मा रू. दुई करोड उनान्नब्बे लाख बीस हजार दुर्ई सय अठ्सठ्ठी रूपैंया निजको वैधानिक आय आर्जनका स्रोतहरूमार्पmत आर्जन गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
यसैगरी उक्त अवधिमा निजको एकासंगोल घर परिवारको नाममा घर निर्माण, घर/जग्गा खरिद, घर/जग्गा रेजिष्ट्रेशन शुल्क, सवारी साधन खरिद, बीमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, सञ्चय कोष/बैंक/जनक शिक्षा सामाग्रीमा ऋण तिरेको रकम, शेयर खरिद रकम, बैंकमार्फत खर्च लगानी, सुन खरिद र बैँक मौज्दात गरी कूल जम्मा रू. पाँच करोड चालीस लाख अन्ठान्नब्बे हजार नौ सय पचपन्न रुपियाँ बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिंदा कूल/समग्र आयबाट खर्च तथा लगानी (कूल व्यय) घटाउँदा दुई करोड एकाउन्न लाख अठहत्तर हजार छ सय सतासी रूपैंया ऋणात्मक हुन गई स्रोत पुष्टि हुन नकसकेको हुँदा निजले गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।
प्रतिवादी कमल राज गौतमलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवं निषेधित गरिएबमोजिमको कसूरमा तालिकामा विश्लेषण गरिएबमोजिम बिगो रू.दुर्ई करोड एकाउन्न लाख अठहत्तर हजार छ सय सतासी रूपैंया कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा सोही ऐनको दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र बिगोबमोजिम जरिवाना हुनका साथै प्रतिवादी कमल राज गौतमले राष्ट्रसेवक पदमा बहाली भएपश्चात बार्षिक रूपमा पेश गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुठ्ठा विवरण पेस गरेको पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी यसरी लुकाई छिपाई राखिएको सम्पत्ति जफत हुन एवं साबिक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा ३, ऐ. ऐनको दफा १६ग र ऐ. ऐनको दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२), ऐ. ऐनको दफा २० को उपदफा (२), ऐ.ऐनको दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको रू. २ करोड ५१ लाख ७८ हजार ६८७ मूल्य बराबरको सम्पत्ति जफत गरी पाउनसमेत मागदाबी लिइएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी गराएका छन् ।
अल्पाइन माविको छात्रवृत्ति परीक्षामा विद्यार्थीहरुको उल्लेखनीय सहभागिता
आर्थिक कारणले विद्यार्थीको पढाईमा बाधा उत्पन्न हुनु भएन– निर्देशक उपाध्याय
वीरगंज, ७ असार ।
वीरगंज महानगरपालिका वडा नं. ११ दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय प्सल टु साइन्स एन्ड म्यानेजमेन्टले शनिवार ‘एस्याट’ तथा इन्ट्रान्स परीक्षा सम्पन्न गरेको छ ।
आज विद्यालयमा तीन सिफ्टमा करीब ९०० विद्यार्थीहरु एस्याट तथा इन्ट्रान्स परीक्षामा सहभागी भएको विद्यालयका निर्देशक तथा फाउन्डर विनोद उपाध्यायले जानकारी गराए ।
एस्याट परीक्षा भनेको छात्रवृत्ति परीक्षा रहेको र यसमा सफल भएका विद्यार्थीहरुलाई विभिन्न किसिमको अध्ययनमा छात्रवृत्ति दिइने निर्देशक उपाध्यायले बताए । छात्रवृत्ति परीक्ष्Fामा विद्यार्थीहरुको उल्लेखनीय सहभागिता भएको उनले बताए ।
निर्देशक उपाध्यायका अनुसार छात्रवृत्ति पाउने मापदण्डमा एसइईमा ए प्लस ल्याएकाहरुलाई ५० प्रतिशतसम्म टयुशन फिमा छुट र यसको लागि पहिलो २५ जनालाई सिट दिइने बताए ।
त्यसैगरी आवश्यकतामा आधारित स्कूलरसीप (निड बेस्ड)को लागि १० सिट छुट्याइएको छ र यसमा पनि ५० प्रतिशतसम्म टयुशन शुल्कमा छुट दिइनेछ । खेलकूदमा १० सिटको लागि ५० प्रतिशतसम्म टयुशन फिमा छुट, एसइईमा ए ग्रेड ल्याएका लागि २५ सिट छुट्याउँदै २५ प्रतिशतसम्म छुट दिइने तथा छात्राहरुको लागि १० प्रतिशतसम्म टयुशन फिमा छुट दिइनेछ ।
त्यस्तै इन्ट्रान्स छात्रवृत्ति मापदण्ड अनुसार विद्यालयको छात्रवृत्ति पाउन एसइईमा ७० प्रतिशत बढी अंक ल्याउने विद्यार्थीलाई सय प्रतिशतसम्म भर्ना शुल्कमा छुट, ६० देखि ६९ प्रतिशतसम्म अंक ल्याउने विद्यार्थीहरुको लागि ५० प्रतिशत तथा ५० देखि ५९ प्रतिशत अंक ल्याउने विद्यार्थीहरुलाई २५ प्रतिशतसम्म भर्ना शुल्कमा छुट दिइने विद्यालयले जनाएको छ ।
विद्यालयले साइन्सको लागि २५० सिट र म्यानेजमेन्टको लागि १०० वटा सिट छुटयाएको छ । त्यस्तै सिबलिंग स्कुलरसीप (दाजुभाइ–दिदीबहिनी छात्रवृत्ति) अन्तर्गत सय प्रतिशतसम्म भर्ना शुल्क छुट दिइने निर्देशक उपाध्यायले बताए ।
अल्पाइन माविले भारत, अमेरिका, जर्मनी लगायत विभिन्न देशका शैक्षिक संस्थासँग साझेदारी गरेका कारण यस विद्यालयका धेरैजना विद्यार्थीहरुले छात्रवृत्ति पाएर अमेरिका, जर्मनी लगायत देशहरुका शैक्षिक संस्थाहरुमा अध्ययन गरिरहको बताए ।
फाउन्डर उपाध्यायले आफ्नो विद्यालयमा वर्षौदेखि अध्ययन गराइरहेका अनुभवी शिक्षकहरु रहेको समेत दावी गरे । उनले विद्यालयबाट अध्ययन गरी घर जाने अधिकांश विद्यार्थीहरुले कहिल्यै घरमा अभ्यास नगर्ने गरेको कारण उनीहरुको शैक्षिक सिकाइ प्रभावित हुने गरेको बताए । विद्यार्थीहरुका अभिभावकहरुले पनि आफनो विद्यार्थीहरुको शैक्षिक स्तर सुधारको लागि अन्य स्थानमा टयुशन, कोचिंग गराउने भएकाले उनीहरुको समय खर्च भइरहेको बताए । विद्यार्थीहरुले घरमै अभ्यास गर्नुपर्नेमा उनको जोड थियो ।
अल्पाइन माविमा भर्ना हुंदा पनि स्कूलरसीप पाउने र बाहिर अध्ययनको लागि जान चाहने विद्यार्थीहरुले पनि छात्रवृत्ति पाउने गरेको उनको दावी छ । ब्याचरको लागि सोलिड फाउन्डेशन तयार पारेको बताउँदै उनले सिई, मेडिकलको तयारी गराई छात्रवृत्तिसमेत दिने गरेको बताए । निर्देशक उपाध्यायले आर्थिक कारणले कुनै पनि विद्यार्थीको पढाईमा बाधा उत्पन्न नहोस् भनेर आफनो विद्यालयले यसप्रकारको छात्रवृत्ति योजना ल्याएको जानकारी गराएका छन् ।
Facebook Comments Box