search

spot_img
spot_img

चितवनमा बस र भ्यान ठोक्किँदा ७ को मृत्यु, १८ घाइते

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

चितवन, ०७ असार — चितवनको राप्ती नगरपालिका–४ खहरेपुलमा शनिबार बिहान बस र विद्युतिय भ्यान आपसमा ठोक्किँदा एक गर्भवती महिला सहित ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
धनगढीबाट काँकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुबाहक बस र मकवानपुरबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको विद्युतिय भ्यान सवा १० बजे जुधेको हो।
मृतकमध्ये ५ जनाको भरतपुर अस्पतालमा र २ जनाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।
भरतपुर अस्पतालमा मृत्यु हुनेमा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, हेटौंडा–५ की ५३ वर्षीया मैंया कुमारी न्यौपाने पहाडी, तथा नाम वतन खुल्न नसकेका १९ वर्षीया युवती, २५ वर्षीया महिला र २३ वर्षीय युवक रहेका छन्।
त्यस्तै, पुरानो मेडिकल कलेजमा निधन हुनेमा अन्दाजी ३५ वर्षकी गर्भवती महिला र ४० वर्षीय पुरुष रहेका छन्, दुवैको परिचय खुल्न बाँकी छ।
घाइतेहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads