वीरगंज, ७ असार। वीरगंज महानगरपालिका वडा नं. ११ दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय प्सल टु साइन्स एन्ड म्यानेजमेन्टले शनिवार ‘एस्याट’ तथा इन्ट्रान्स परीक्षा सम्पन्न गरेको छ।
आज विद्यालयमा तीन सिफ्टमा करीब ९०० विद्यार्थीहरु एस्याट तथा इन्ट्रान्स परीक्षामा सहभागी भएको विद्यालयका निर्देशक तथा फाउन्डर विनोद उपाध्यायले जानकारी गराए। एस्याट परीक्षा भनेको छात्रवृत्ति परीक्षा रहेको र यसमा सफल भएका विद्यार्थीहरुलाई विभिन्न किसिमको अध्ययनमा छात्रवृत्ति दिइने निर्देशक उपाध्यायले बताए। छात्रवृत्ति परीक्षामा विद्यार्थीहरुको उल्लेखनीय सहभागिता भएको उनले बताए।
निर्देशक उपाध्यायका अनुसार छात्रवृत्ति पाउने मापदण्डमा एसइईमा ए प्लस ल्याएकाहरुलाई ५० प्रतिशतसम्म टयुशन फिमा छुट र यसको लागि पहिलो २५ जनालाई सिट दिइने बताए। त्यसैगरी आवश्यकतामा आधारित स्कूलरसीप (निड बेस्ड)को लागि १० सिट छुट्याइएको छ र यसमा पनि ५० प्रतिशतसम्म टयुशन शुल्कमा छुट दिइनेछ। खेलकूदमा १० सिटको लागि ५० प्रतिशतसम्म टयुशन फिमा छुट, एसइईमा ए ग्रेड ल्याएका लागि २५ सिट छुट्याउँदै २५ प्रतिशतसम्म छुट दिइने तथा छात्राहरुको लागि १० प्रतिशतसम्म टयुशन फिमा छुट दिइनेछ। त्यस्तै इन्ट्रान्स छात्रवृत्ति मापदण्ड अनुसार विद्यालयको छात्रवृत्ति पाउन एसइईमा ७० प्रतिशत बढी अंक ल्याउने विद्यार्थीलाई सय प्रतिशतसम्म भर्ना शुल्कमा छुट, ६० देखि ६९ प्रतिशतसम्म अंक ल्याउने विद्यार्थीहरुको लागि ५० प्रतिशत तथा ५० देखि ५९ प्रतिशत अंक ल्याउने विद्यार्थीहरुलाई २५ प्रतिशतसम्म भर्ना शुल्कमा छुट दिइने विद्यालयले जनाएको छ। विद्यालयले साइन्सको लागि २५० सिट र म्यानेजमेन्टको लागि १०० वटा सिट छुटयाएको छ। त्यस्तै सिबलिंग स्कुलरसीप (दाजुभाइ–दिदीबहिनी छात्रवृत्ति) अन्तर्गत सय प्रतिशतसम्म भर्ना शुल्क छुट दिइने निर्देशक उपाध्यायले बताए।
अल्पाइन माविले भारत, अमेरिका, जर्मनी लगायत विभिन्न देशका शैक्षिक संस्थासँग साझेदारी गरेका कारण यस विद्यालयका धेरैजना विद्यार्थीहरुले छात्रवृत्ति पाएर अमेरिका, जर्मनी लगायत देशहरुका शैक्षिक संस्थाहरुमा अध्ययन गरिरहको बताए।
फाउन्डर उपाध्यायले आफ्नो विद्यालयमा वर्षौदेखि अध्ययन गराइरहेका अनुभवी शिक्षकहरु रहेको समेत दावी गरे। उनले विद्यालयबाट अध्ययन गरी घर जाने अधिकांश विद्यार्थीहरुले कहिल्यै घरमा अभ्यास नगर्ने गरेको कारण उनीहरुको शैक्षिक सिकाइ प्रभावित हुने गरेको बताए। विद्यार्थीहरुका अभिभावकहरुले पनि आफनो विद्यार्थीहरुको शैक्षिक स्तर सुधारको लागि अन्य स्थानमा टयुशन, कोचिंग गराउने भएकाले उनीहरुको समय खर्च भइरहेको बताए। विद्यार्थीहरुले घरमै अभ्यास गर्नुपर्नेमा उनको जोड थियो।
अल्पाइन माविमा भर्ना हुंदा पनि स्कूलरसीप पाउने र बाहिर अध्ययनको लागि जान चाहने विद्यार्थीहरुले पनि छात्रवृत्ति पाउने गरेको उनको दावी छ। ब्याचरको लागि सोलिड फाउन्डेशन तयार पारेको बताउँदै उनले सिई, मेडिकलको तयारी गराई छात्रवृत्तिसमेत दिने गरेको बताए। निर्देशक उपाध्यायले आर्थिक कारणले कुनै पनि विद्यार्थीको पढाईमा बाधा उत्पन्न नहोस् भनेर आफनो विद्यालयले यसप्रकारको छात्रवृत्ति योजना ल्याएको जानकारी गराएका छन्।
Facebook Comments Box