वीरगंज, ८ असार ।
रौतहट, राजपुर–५ राजपुर टोलमा अवैध औषधि पसलको अनुगमन गर्न पुगेका कर्मचारीलाई दुव्र्यवहार गरी लखेटिएको घटनामा रौतहट प्रहरीले छानबिन अघि बढाएको छ । रौतहट प्रहरीले दुई जना पसल सञ्चालक र एक जना घटनामा संलग्न गरी तीन जनामाथि अभ्रद्र व्यवहार मुद्दा दर्ता गरी छानबिन गरिरहेको बुझिएको छ ।
औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगंजका सूचना अधिकारी ओम जैसवलाका अनुसार दुव्र्यवहार भागेका संयुक्त टोलीले रौतहट प्रहरीमा जाहेरी दिएपछि छानबिन अघि बढेको बताए ।
फार्मेसी सुपरभाइजर समेत रहेका जैसवालको नेतृत्वमा ६ सदस्य टोली जेठ ५ गते उजुरीको अधारामा छानबिन गर्न राजपुर पुगेका थियो । स्थानीय नेक महम्द र उमेश जैसवालले सधारण लेखपढ गर्न मात्र जानेको,तर पनि बिना साइन बोर्ड,ईजाजत बेगर प्रतिबन्धित भारतीय औषधि बिक्री वितरण गरिरहेको भनी विभागमा उजुरी परेको थियो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय रौतहटका एक जना कर्मचारी,जिल्ला प्रहरी कार्यालय रौतहटका एक जना प्रहतिनिधि र चालक सहित ४ जना औषधि व्यवस्था विभागका कर्मचारीहरु थिए ।
पसलमा गएर हेर्दा स्थानीय महिलाहरुले जाइ लागेर उक्त घटना घटाएको उनले बताए ।