search

spot_img
spot_img

सखुवाप्रसौनीको गाउँसभामा ५९ करोड बजेट सार्वजनिक

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० असार । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाको १५ औं गाउँसभामा आर्थिक वर्ष २०८२।८३ का लागि ५९ करोड ३१ लाख ५८ हजारको अनुमानित बजेट सर्वसम्मत रूपमा पारित गरेको छ । गापा उपाध्यक्ष शर्मिला बिष्ट महतोले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कूल शसर्त अनुदान २३ करोड २९ लाख ,समपुरक अनुदान ५१ लाख,विशेष अनुदान ७५ लाख ,आन्तरिक श्रोतबाट ४४ लाख ८५ हजार,वित्तीय समानीकरण अनुदान ११ करोड ४५ लाख ६२ हजार,राजस्व बाडफाडतर्फ १० करोड ८६ लाख ११ हजार ३०३ रुपैया रहेको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहाले जानकारी दिए । उनले स्थानीय स्रोतको अधिकतम उपयोग र समावेशी विकासमा जोड दिइएको बताइन् । बजेटले गुणस्तरीय शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, महिला सशक्तीकरण, युवा उद्यमशीलता, वातावरण संरक्षण र विपद् व्यवस्थापन जस्ता क्षेत्रलाई प्राथमिकता दिइएको उनले बताइन् । उनले बजेटले गुणस्तरीय शिक्षाका लागि विद्यालयहरूको नियमित अनुगमन, आवश्यक भौतिक पूर्वाधारको व्यवस्था र प्राविधिक शिक्षामा जोड दिने योजना समावेश गरेको उल्लेख गरिन् । स्वास्थ्य क्षेत्रमा आधारभूत अस्पतालको स्तरोन्नति, विशेषज्ञ चिकित्सकको व्यवस्था र स्वास्थ्य बिमा कार्यक्रमको विस्तारलाई प्राथमिकता दिइएको उनको भनाइ थियो । साथै, कृषि, पर्यटन र पूर्वाधार विकासलाई गाउFपालिकाको समृद्धिको आधारका रूपमा लिइएको उनले बताइन् । गाउँपालिका अध्यक्ष यसवन्त यादवले ‘एक गाउँ, एक उद्यम’ कार्यक्रममार्फत प्रत्येक वडामा कम्तीमा एउटा उद्यम स्थापना गरी स्थानीय युवा र महिलाहरूलाई रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको बताए । शिक्षाको क्षेत्रमा विद्यालयहरूको अनुगमन, भौतिक पूर्वाधारको विकास र प्राविधिक शिक्षामा जोड दिइने उनले उल्लेख गरे । स्वास्थ्य क्षेत्रमा आधारभूत अस्पताललाई व्यवस्थित बनाउने, स्वास्थ्य बिमालाई प्रोत्साहन गर्ने र विशेषज्ञ सेवा उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए । गाउँपालिका अध्यक्ष यसवन्त यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहाले स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखा प्रमुख विनोद यादवले गरेका थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एसइईको सफलताले नयाँ सम्भावनाको ढोका खोल्छ– मुख्यमन्त्री सिंह

जनकपुरधाम, १४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads