वीरगंज , १३ असार । वीरगंजमा आज आयोजित तेस्रो गहवामाई रथ यात्राको क्रममा करिब आधा दर्जनभन्दा बढि श्रद्धालु महिलाहरुको सुनको गहना चोरी भएको छ । यात्राको क्रममा अपरिच यूवाहरुको समुहले घाटीबाट सुनको सिक्री,हनुमानी,दुर्गाको मालालगायत गहना चोरी गरेर लगेका हुन् ।
पीडितहरुले रथ यात्रा सम्पन्न भएपछि जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर सामुहिक उजुरी पनि दर्ता गराएका छन् । वीरगंजकी फूलकुमारी देवी,जुली यादव,स्वेता रानी,रिना देवी,रामगढवाकीकी निर्मला कुमारी,नगवाकी रामेश्वरी देवी,राधेमाईकी मालती देवी,पुनम देवी,कालिकामाईकी शारदा देवीलगायतको गहना चोरी भएको बताएका छन् । प्रहरीले छानबिन गर्ने क्रममा भारत,बिहार,पश्चिम चम्पारण बागाहा बिशुनपुर्वाकी जयमति हरिजनलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक गौत्तम मिश्रले जानकारी गराए । उनको साथबाट सनुको गहना समेत बरामद भएपछि चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको बताइएको छ । साथै,अन्य चोर गिरोहको बारेमा पनि पर्सा प्रहरी गम्भीर भएर छानबिन गरिरहेको छ पर्सा प्रहरीले जनाएको छ ।

Facebook Comments Box