search

spot_img
spot_img

अब वृक्षरोपण उत्सव होइन, दायित्व हो : मुख्यमन्त्री सिंह

पढ्न छुटाउनुभयो ?

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वृक्षरोपणलाई मुल विकल्पका रूपमा अघि सार्नुपर्ने बताएका छन्।
शनिबार राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा धनुषाको धनुषाधाम नगरपालिका–९, मुर्गियास्थित बुद्ध कबुलियत वन क्षेत्रमा आयोजना गरिएको वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले जलवायु संकट समाधानका लागि वृक्षरोपण मात्र नभई संरक्षण र हुर्काउने संस्कृतिको विकास आवश्यक रहेको धारणा राखे।
“वृक्षरोपण अब उत्सव नभएर दायित्व हो,” उनले भने, “जलवायु परिवर्तनको असर देशको आर्थिक, सामाजिक र समग्र क्षेत्रमा परेको छ। यसको समाधानका लागि वृक्षरोपण र संरक्षण नै अबको मूल उपाय हो।”
मुख्यमन्त्री सिंहका अनुसार जलवायु परिवर्तनका कारण मधेश प्रदेशमा खेतीयोग्य जमिनमा नकारात्मक असर परेको, भूमिगत जलको ह्रास भइरहेको र तापक्रम समेत उच्च भइरहेको छ। यी समस्याको दीर्घकालीन समाधानको रूपमा वृक्षरोपण अभियानलाई जोड दिनुपर्ने उनको भनाइ थियो।
“अब बिरुवा रोपेर मात्र हुँदैन, जोगाउने र हुर्काउने संस्कारको विकास पनि गर्न जरुरी छ,” उनले भने।
कार्यक्रममा सहभागी प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले जलवायु परिवर्तनलाई विश्वव्यापी चुनौतीको रूपमा प्रस्तुत गरे। “पृथ्वीको पर्यावरणीय चक्रमा गम्भीर क्षति पुर्‍याउने खालको असर परेको छ,” उनले भने, “नेपालले पनि यसको मूल्य सामाजिक, आर्थिक र पर्यावरणीय रूपमा चुकाइरहेको छ।”
मन्त्री यादवले मधेशमा वन विनाशका कारण बाढी र भू–क्षयको समस्या दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै आठवटै जिल्लामा संरक्षणमुखी वृक्षरोपण अभियान सञ्चालन भइरहेको जानकारी गराए।
उनका अनुसार सरकारको एकल प्रयासले मात्रै पर्याप्त नहुने हुँदा अभियानमा स्थानिय समुदाय, विद्यालय, युवा क्लब, नागरिक समाज र सञ्चारमाध्यमको सहकार्य अपरिहार्य छ।
“वृक्षरोपण भूमिगत जलस्रोतको पुनःभरण, जमिनको कटान नियन्त्रण, तापक्रम नियन्त्रण र जैविक विविधता संरक्षणमा योगदान पुर्‍याउँछ,” उनले भने, “यसका लागि प्रत्येक नागरिकको सक्रिय सहभागिता आवश्यक छ।”
डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोदन सिंहका अनुसार बुद्ध कबुलियत वन क्षेत्रभित्र बाँस, सिसौ, आमला, सिमल, टिक, आँपलगायत फलफूल तथा काठजन्य रुखका बिरुवा रोपिनेछ। उनका अनुसार उक्त वन क्षेत्रमा खाली रहेको १० हेक्टर जमिनमा वृक्षरोपण गरिनेछ।
कार्यक्रममा प्रदेश सरकारका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, विद्यार्थी, स्वयंसेवक र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सरकारले वर्षेनी मनाउँदै आएको राष्ट्रिय वृक्षरोपण दिवसका कार्यक्रमहरूमार्फत वन क्षेत्र विस्तार र वातावरणीय सन्तुलन कायम राख्न खोजिएको हो।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads