search

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ असार ।
कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं राष्ट्रिय धान दिवसको अवसर पारेर ड्रम सिडरबाट छरुवा धान रोप्ने प्रविधि प्रदर्शन गर्दै तालिम समापन भएको हो ।

केन्द्र परिसरमा रहेको करिब ४ कठा खेतमा छरुवा प्रविधिबाट धान रोपिएको हो । जलवायु परिवर्तनको कारण पानी कम परिरहेको र ज्यालादार पाउन पनि धौधौ भइरहेको अवस्थामा यो प्रविधिलाई सही तरिकाबाट किसानले प्रयोगमा ल्याए यसले किसानको लागत खर्च समेत घटाउने केन्द्र प्रमुख सचिन मिश्रले बताए ।

उनका अनुसार पछिल्लो समय पर्सा,बाराका किसानले यो प्रविधिप्रति आकर्षित हुदै गएको चर्चा गर्दै ड्रम सिडरमा वीउ र मल राखेर आवश्यकता नियमानुसारको लम्बाई चौडाईमा हिलाम्मे खेतमा वीउँ छरेर धान रोपाई गर्ने प्रविधिलाई छरुवा प्रवधि भनिनन्छ । यो प्रविधिको लागि एक जना किसानले हातले ड्रम सिडर मेशिन खेतमा तान्दै धान छर्ने गर्नूपर्छ । तर यो रोपाईको लागि खेतमा पहिलेदेखि जोताई र सम्याउने काम गरी रोपाईको एक दिन अघि सिचाई गरिसक्नु पर्छ । कार्यक्रममा केन्द्रका कर्मचारी,पर्सा,बाराका अगुवा किसान र सञ्चारकर्मीहरुको सहभागिता थियो ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads