वीरगंज, १६ असार । २२ औं राष्ट्रिय धान दिवसको अवसरमा मधेस प्रदेश सरकारका भूमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री जनाार्दन सिंह क्षेत्रीलगायतले धान रोपेका छन् । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ४ सपहीमा साना किसान कृषि सहकारी संस्था लिमिटेडको सहकार्यमा मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयको आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर उमेश दाहाल, कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादव, महाशाखा प्रमुख डाक्टर सरोज चौधरी, कोल्हबी नगरपालिकाका मेयर रामप्रसाद चौधरी, कृषि ज्ञान केन्द्र पर्सा र बाराका प्रमुखलगायतले धान रोपेका थिए । सो अवसरमा कृषिमन्त्री क्षेत्रीले कोल्हवी–४ मा मधेस प्रदेशको कृषि मन्त्रालयको बजेटबाट नवनिर्मित किसानहरूको धान भण्डारण गर्ने गोदाम र धानको बीउ प्रशोधन गर्ने उपकरणको उदघाटन गरिएको थियो। यसैगरी “धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” नाराका साथ २२औं राष्ट्रिय धान दिवस कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेश परवानीपुर बारामा मनाइएको छ । नेपाल किसान महासंघ मधेश प्रदेश कार्य समिति, वीरगंज उद्योग वाणिज्य संघ तथा कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेश परवानीपुर बाराको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मधेश प्रदेशका कृषि मन्त्री जनार्धन सिंह क्षेत्री, वीरगंज उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरी गौतम, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्र, तथा सशस्त्र प्रहरी कार्यालय पर्साका प्रमुख राधेश्याम धिमाल, रूङटा वेल्फेयर सोसाइटी पर्साका अध्यक्ष सुरेश रूङटा, नेपाल इनोभेट सोसाइटीका अध्यक्ष कमल चौगाई, व्यापारी निर्मल खत्री, मनोज दासलगायतको सहभागिता थियो । कार्यक्रमको औपचारिक सत्रपछि धान रोपेका थिए । यसैगरी पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाले सुहपुर सोहरीमा धान रोप्ने कार्यक्रम आयोजना गरेर राष्ट्रिय धान दिवस मनाएको छ । गाँउपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादव, उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडा नम्बर ४ का वडाध्यक्ष नेपाली प्रसाद कुशवाहा, कृषि शाखाका अधिकृत दयानन्द चौहानलगायतले खेतमा धान रोपाइँ गरेका थिए। अध्यक्ष यादवले नेपाललाई कृषि प्रधान मुलुक भनिएपनि अझैपनि देश कृषिमा आत्मनिर्भर बन्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनले जगरनाथपुर गाउँँपालिकाले कृषिमा आधुनिक प्रविधि, तालिम तथा सहुलियतपूर्ण अनुदानमार्पmत निरन्तर सहयोग गर्दै आएको बताए । यसैगरी पर्साको पटेर्वा सुगौली गाँउपालिकाले वडा नम्बर ५ मनिहर्वास्थित एक किसानको खेतमा धान दिवस मनाएको छ । गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष ममता महत्तो थारू, महिला समुहकी अध्यक्ष कृष्णावती देवी, गाँउपालिकाका कार्यपालिका सदस्यलगायतले धान रोपेका थिए । गापा अध्यक्ष महत्तोले धान मुलुकको मुख्य बाली भएकाले यसको खेतीमा यान्त्रिकरण भित्रयाएर उत्पादन बढाउनुपर्नेमा जोड दिइन् । किसान अन्न दाता भएकाले पालिकाले उनिहरूको समृद्धि र आर्थिक अवस्था उकास्नका लागि लागि परेको उनले बताइन् ।
Facebook Comments Box