ठोरी गाउँपालिकाका वडा नम्बर २, ३ र ४ मा रहेका खाजा–नास्ता खाने धेरै जसो होटलहरूमा खासगरी भारत, बिहारबाट आउने ग्राहकहरूलाई लक्षित गरेर होटल सञ्चालकले यौन धन्दा चलाइरहेको महिलाहरूको आरोप छ । महिलाहरूले इलाका प्रहरी कार्यालय ठोरीमा पुगेर पटक पटक उजुरी दिदाँपनि प्रहरीले चासो नै नलिएपछि गलत गतिविधि रोक्न महिलाहरू संगठीत आँफै अगाडि सरेका हुन् ।
यसैक्रममा ठोरी–४ आठघरेका महिला समूहले स्थानीय होटलहरूमा सञ्चालित यौन व्यवसायको विरोध गर्दै महिलाहरूले पुरूषहरूलाई पिटेर खेदेका छन् ।