search

spot_img
spot_img

वार्षिकोत्सवको अवसरमा सरसफाइ र रक्तदान

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ असार । सशस्त्र प्रहरी परिवार महिला संघको २४औ वार्षिकोत्सवको अवसरमा सरसफाइ तथा रक्तदान कार्यक्रम गरेको छ । वार्षिकोत्सवको अवसरमा वीरगंज–१४ पिपरा स्थित पशुपतिनाथ मन्दिरमा सरसफाई कार्यक्रम गरिएको छ । मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघको आयोजना र सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा.पर्साको संयोजकत्वमा सरसफाइ कार्यक्रम गरिएको थियो । यसैगरी आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गणपति स.प्र.उ.राधेश्याम धिमाल, रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, प्रभु अस्पताल वीरगंजका संचालक दिलिप कार्की, ईन्नोभेटिभ संस्थाका संचालक कमल चौगाई, लायन्स क्लव अफ वीरगंजका अध्यक्ष डि.एन.अग्रवाल, एलाईड युथ सोसाईटीका ओम कुमार झा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा ४० जनाले रक्तदान गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी गराएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

गोली प्रहारबाट एक जनाको मृत्यु

सर्लाही, ३१ साउन : सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५...

सम्बन्धित खबर

- Advertisement -neelambads