search

spot_img
spot_img

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ असार । पथलैया– वीरगंज व्यापारिक मार्ग अन्तर्गत बाराको जीतपुरमा सोमवार दिउँसो ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज महानगरपालिका ३२ का २० वर्षीय महमद साहिल अंसारी रहेका छन् । वीरगंजबाट सिमरा आउँदै गरेको ना६ख २९९२ नम्बरको ट्यांकरले मधेश प्रदेश ०३–०२–०२४प ३९६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । सडक पार गर्ने क्रममा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनालगत्तै चालकलाई वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकललाई ठक्कर दिने ट्यांकरसहित चालक जीतपुरसिमरा उपमहानगरपालिका २४ का ३० वर्षीय मेहरमान अंसारीलाई इलाका प्रहरी कार्यालय सिमरा अन्तर्गतको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन राजपथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान सोमवारबाट शुरू भएको छ । ...

सम्बन्धित खबर

- Advertisement -neelambads