search

spot_img
spot_img

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण पूरक औषधीमा ५ गुणा बढी मूल्य कायम गरी बिक्री गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.२४ स्थित विश्वनाथ राउतको घरमा भारतबाट फुड सप्लिमेन्ट औषधीहरू सस्तो मूल्यमा खरिद गरी नेपाल भियाइ उक्त औषधीहरूको बट्टामा आफुखुशी ५ गुणा बढी मूल्यदर मेसिनले प्रिन्टेड छाप लगाइ बिक्री वितरण गरिरहेको सूचनाको आधारमा आइतवार प्रहरीले जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.२६ बस्ने वर्ष ४२ को जितेन्द्र प्रसाद कुर्मीलाई पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ ।
प्रहरीले ACON2K लेखेको एक कार्टुनमा ६० पिस औषधीको दरले ३ कार्टुन र एउटा कार्टुन खुल्ला रही सोमा ३८ पिस, CANWEL POWDER लेखेको १ कार्टुनमा ५० पिस लेखेको २९ कार्टुन सिलपैक र खुल्ला रहेको कार्टुनमा ४९ पिस, CANWEL POWDER लेखेको २५ पिस रहेको १ कार्टुन, ORTHOHEALलेखेको ३१२ पिस औषधी भएको सिलपैक एक कार्टुन र खुल्ला कार्टुन १ बट्टामा २३२ पिस, NITVIT PLUS लेखेको १ कार्टुन ३१२ पिसको दरले जम्मा ४ कार्टुन सिलपैक र खुल्ला रहेको कार्टुनमा ३१० पिस, NITVITPLUS लेखेको १३ पिसको १ कार्टुन सिलपैक, SIMROSE लेखेको १ कार्टुनमा ३८ बक्स भएको ८ वटा कार्टुन सिलपैक र खुल्ला कार्टुन गरी जम्मा ९ कार्टुन, IMMATEKEAL SUPENSION लेखेको एक कार्टुनमा ११० पिसको ७ बट्टा कार्टुन सिलपैक एक कार्टुन खुलेको जसमा ६० पिस, ACTIFERON लेखेको १ कार्टुनमा २०० पिसको दरले १ वटा र अर्काे खुल्ला कार्टुनमा २२ पिस, PREGAFOL लेखेको २ वटा कार्टुन खुल्ला जसमा ११५ बक्स, ARTHRAID लेखेको एउटा कार्टुनमा २०० पिस लेखेको सिलपैक र अर्काे कार्टुन खुल्लामा १६८ पिस, VITO–C लेखेको १५३ पिस भएको खुल्ला कार्टुन थान–१, LIVUS लेखेको ९३ पिस भएको १ वटा खुल्ला कार्टुन, EVELTN लेखेको १४ बक्स खुल्ला र १ कार्टुन सिलपैकमा ४८ बक्स IMMUHEAL लेखेको १ कार्टुनमा १५४ बक्स, MRP छाप्ने मेसिन थान–१, NEPAL NEUTRACEUTICALS COMPANY PVT. LTD लेखेको ठेली थान–१, प्रज्ञापन तथा बिल पाना–२८, ORDER BOOK लेखेको ठेली थान–८, SUBHAM MEDISUPPIERS लेखेको ठेली थान–१ गरी २५ लाख मूल्य बराबरको सामान बरामद भएको जिप्रका, पर्साले जनाएको छ । पक्राउ परेका कुर्मीलाई कालो बजारी अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । असार ९ गते...

सम्बन्धित खबर

- Advertisement -neelambads