search

spot_img
spot_img

गण्डक नहरमा पानी आयो,किसान हर्षित

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल, परवानीपुर, १६ असार ।

नारायणी सिचाईँ व्यवस्थापन कार्यालय वीरगंजको गण्डक नहरमा शनिवारदेखि पानी आएको छ । हाल ७ सय ६१ क्यूसेक पानी आएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख मनोज पटेलका अनुसार नेपाल भारतको सम्झौता अनुसार वर्षमा भारतको बाल्मिकीनगरमा रहेको दोन नहरबाट दुई पटक पानी छोडने गरिन्छ । धानबालीको लागि असार १५ देखि साढे ३ महिना अर्थात कार्तिक मसान्त सम्म र गहुँ बालीको लागि पुस १५ मा भारतीय पक्षले पानी दिने गरेको छ ।

 

पर्सा,बारा,रौतहत सम्म ८१ किलोमिटर लम्बाई सम्म फौलिएको गण्डक नहरमा हाल सम्म १५ वटा ब्लक छ । तर पानी १२ नम्बर ब्लक सम्म मात्रै जाने गरेको छ । जमुनी सिचाई आयोजना भन्दा पुर्व गण्डक नहरको पानी जादैन् । गण्डक नहरको पानी हाल पर्साको ब्लक नम्बर १,२,३ सम्म खपत भइरहेको कार्यालय प्रमुख पटेलले स्पष्ट पारे । पर्साको जनकीटोला प्रसौनी चोक नजिकै नहरको तटबन्धको काम भइरहेकोले आज सो काम सम्पन्न भइसकेको अवस्थामा मंगलबारदेखि पर्साको अन्य ब्लक र बारा सम्म पानी पुग्ने उनले दावी गरे ।

 

हरेक वर्ष सम्झौता मितिभन्दा एक दुई सातापछि पानी छाडने गरे तापनि गतवर्षदेखि समयमै पानी छाडने काम भएको कर्मचारीहरुले बताएका छन् । पर्सा,बारा रौतहटमा हाल धानको वीउ तायर भए तापनि अकाशे पानीको भर पर्दा खेत रोपाईको काम न्यून भएको किसानहरुले बताएका छन् । गण्डक नहरमा पानी आएपछि नहर छेउछाउका किसानहरु हर्षित भएको र अब केही दिनमा रापाईले तिव्रता लिने उनीहरुले विश्वास व्यक्त गरेका छन् ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि सरोकारवालाहरूबीच मंगलवार भएको छलफलमा लिखित प्रतिबद्धता जनाइएको छ । मधेस...

सम्बन्धित खबर

- Advertisement -neelambads