search

spot_img
spot_img

सेभिल्लामा सञ्चालित सम्मेलनले नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान पुग्ने छ : मन्त्री यादव

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, १७ असार : खानेपानीमन्त्री प्रदीप यादवले संयुक्त राष्ट्रसंघको आयोजनामा स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ ।
संयुक्त राष्ट्रसंघको आयोजनामा ३० जुनदेखि ३ जुलाई २०२५ सम्म स्पेनको सेभिल्लामा सञ्चालन भइरहेको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनको छलफल कार्यक्रमा सहभागी हुनु भएका मन्त्री यादवले सो कुरा बताउनु भएको हो ।
सम्मेलनमा नेपालको राष्ट्रिय प्रतिबद्धता—सबैका लागि सुरक्षित खानेपानी र सरसफाइ सुनिश्चित गर्ने—बारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराइएको तथा सन् २०२२ को मन्त्रीस्तरीय सम्मेलनमा देखिएका कमजोरीहरू सुधार गर्दै, अहिले उच्च राजनीतिक तहबाट प्रभावकारी कार्यान्वयनको दिशा तय गरिएको मन्त्री यादवले जानकारी दिनुभयो ।
“नेपाल सन् २०१९ मा खुला दिसामुक्त राष्ट्र बनेको सफलताले प्रमाणित गरेजस्तै, अबको लक्ष्य सुरक्षित, समावेशी र दिगो खानेपानी तथा सरसफाइ सेवा सुनिश्चित गर्नु रहेको छ,” उहाँले भन्नुभयो, “अन्य देशहरूको अनुभवबाट सिक्दै नेपालले समेत तीव्र प्रगति गर्ने रणनीति अवलम्बन गरेको छ ।”
प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालले खानेपानी तथा सरसफाइ क्षेत्रमा अगाडि बढाएको यो प्रयास राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत उदाहरणीय बन्ने मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो ।
“विकासका लागि वित्तीय स्रोतहरूको सुनिश्चितता र प्रभावकारी परिचालन नहुँदासम्म खानेपानी तथा सरसफाइ क्षेत्रमा देखिएका संरचनागत चुनौतीहरू समाधान गर्न कठिन छ,” उहाँले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु सहभागी हुनु भएको यो सम्मेलनले हाम्रो राष्ट्रिय प्रयासलाई थप सशक्त बनाउने र दीगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक दीर्घकालीन लगानी, सार्वजनिक–निजी साझेदारी र अन्तर्राष्ट्रिय सहयोगलाई थप मजबुत बनाउनेछ ।”
राष्ट्रप्रमुखको विशेष पहलअन्तर्गत सबैका लागि सुरक्षित खानेपानी तथा सरसफाइमा पहुँच सुनिश्चित गर्न आवश्यक वित्तीय संरचना सुदृढ बनाउने हाम्रो राष्ट्रिय प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्नु यस भ्रमणको मूल उद्देश्य रहेको समेत मन्त्री यादवले जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “सन् २०२२ को मन्त्रीस्तरीय सम्मेलनबाट हामीले हाम्रो देशको पानी, सरसफाइ र स्वच्छताको अवस्था समीक्षा गर्‍र्यौ । त्यस सम्मेलनले देखाएका कमजोरीहरू सुधार गर्दै यो प्रतिबद्धता उच्च राजनीतिक तहबाट अगाडि बढाइएको हो, जसले कार्यान्वयनमा गति ल्याउनेछ ।”
यसैगरी उहाँले अन्य देशहरूका अनुभवहरूबाट प्रेरणा लिएर, नेपालले पनि यो प्रतिबद्धतालाई प्रयोग गरेर छिटो प्रगति गर्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २०१९ मा नेपाल खुला दिसामुक्त राष्ट्र बनेको सफलता उच्च राजनीतिक नेतृत्वबाट सम्भव भएको र त्यसै सफलतालाई आधार मानेर अहिले हामी सबैका लागि सुरक्षित र दिगो पानी तथा सरसफाइ सेवा सुनिश्चित गर्न चाहन्छौँ ।”
प्रधानमन्त्री केपी शर्मा ओलीको यो प्रतिबद्धता नेपालमा सबैका लागि सुरक्षित, समावेशी र दिगो पानी तथा सरसफाइ सेवा पुर्‍याउने दिशातर्फ ठूलो कदम भएको मन्त्री यादवको भनाई छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि सरोकारवालाहरूबीच मंगलवार भएको छलफलमा लिखित प्रतिबद्धता जनाइएको छ । मधेस...

सम्बन्धित खबर

- Advertisement -neelambads