परवानीपुर,१७ असार ।
प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बारा मातहत समेतबाट खटिएको प्रहरी टोलीले ६ जना फरार प्रतिवादीहरुलाई समातेको छ।
बारा जिल्ला अदालत कलैयाबाट दण्डसजाय तोकिएका र चालु निम्न वमोजिमको मुद्दामा बरदात पश्चात फरार रहेका ६ जनालाई लुकीछिपी बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा कलैया ४ का चेक अनादरमा फरार रहेका कमलेश्वर साह सोनार,कलैया २० बसन्तपुरका चोरी मुद्दाका मुन्ना साह कानु,पचरौता ७ का कर्तब्य ज्यानका फरार बच्चुलाल साह कलवार, विश्रामपुर ्र१ का नागरिकता किर्ते मुद्दाका समिम देवान, कलैया १२ धर्मनगरका नागरिकता किर्ते मुद्दाका राजेश्वर प्रसाद केसरी र सोही स्थानका सोही मुद्दामा अर्का रामदिनेश प्रसाद साह पक्राउ परेको बारा प्रहरीले जनाएको छ । उनीहरुलाई खोज तलास गरी आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाईएको छ ।