search

spot_img
spot_img

हरियाली प्रवद्र्धनका लागि वीरगंजमा वृक्षारोपण कार्यक्रम

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० असार । वीरगंज महानगरपालिकाको कार्यालय, राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समिति भरतपुर चितवन, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार वीरगंज महानगरपालिका–१६को रजत जयन्ती चौकदेखि बाइपास हुँदै वैष्णो देवी मन्दिर चौकसम्मको क्षेत्रमा बृहत वृक्षारोपण कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजेशमान सिंह, केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले लगायतले विभिन्न जातका ४०० बिरूवा रोपेर वृक्षारोपण अभियान शुरु गरेका थिए । कार्यक्रममा नगरप्रमुख सिंहले वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धनका लागि गरिएको यस वृक्षारोपण कार्यक्रममा स्थानीयले पनि संरक्षण गर्नुपर्ने बताए । उनले आगामी दिनमा वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिने बताए । कार्यक्रममा ग्रीन सिटी सेवा केन्द्रका सञ्जय शर्मा, कैलाश बजाज, चन्द्र अग्रवाल, राकेश अग्रवाल लगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्री यादवद्वारा वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण

वीरगंज, २० असार । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण गरेका छन् । खानेपानी...

सम्बन्धित खबर

- Advertisement -neelambads