search

spot_img
spot_img

वीरगंज बचाउ संघर्ष समितिद्वारा टायर बालेर प्रदर्शन

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० असार । वीरगंज बचाऊ संघर्ष समिति र वीरगंज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिले संयुक्त रूपमा शुक्रवार विरोध प्रदर्शन गरेका छन् । वीरगंजको घण्टाघर, आदर्शनगर लगायत क्षेत्रका पसलहरू बिहान ११ बजेसम्म बन्द गर्दै सडकमा टायर बालेर प्रदर्शन गरिएको थियो । सोमवार वीरगंज महानगरले भन्सार क्ष्त्रमा डोजर चलाएर भवनहरू भत्काउन शुरूपछि संघर्ष समितिले यो विरोध शुरु गरेका छन् । समितिका अनुसार सर्वाेच्च अदालतको पूर्ण फैसला नआएसम्म यस्तो कदम चाल्नु गलत रहेको र ऐतिहासिक वीरगंजको व्यापारिक क्षेत्रलाई नामेट पार्ने षड्यन्त्र रहेको जनाएका छन् । वीरगंजको सडक विस्तार भएपछि गण्डक पुलदेखि मितेरीपुलसम्म करिब १,१०० घरधनी प्रभावित हुनेछन्, जसमध्ये ५०० घरधुरीको जग्गा नरहने अवस्था भएपछि समितिले विरोधका कार्यक्रम आयोजना गर्दै आएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्री यादवद्वारा वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण

वीरगंज, २० असार । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण गरेका छन् । खानेपानी...

सम्बन्धित खबर

- Advertisement -neelambads