वीरगंज, २० असार । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण गरेका छन् । खानेपानी मन्त्री यादवले महानगरप्रमुख राजेशमान सिंहलाई पिकअपको कागजात हस्तान्तरण गर्दै स्थानीय तहलाई सबल बनाउनु नै समृद्ध नेपालको आधार भएको बताए । उनले नगरपालिकाको सार्वजनिक सेवा प्रणालीलाई थप प्रभावकारी र सर्वसुलभ बनाउने उद्देश्यले यो सहयोग प्रदान गरेको बताए । नगरप्रमुख राजेशमान सिंहले उक्त गाडी महानगरका प्राविधिक काम तथा अन्य सार्वजनिक सेवा कार्यहरूमा प्रयोग गरिने बताए । उक्त गाडी सहयोगबाट नगरवासीलाई अझ छिटो, प्रभावकारी र पहुँच युक्त सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा महानगरका कर्मचारी, जनप्रतिनिधिलगायतको सहभागिता थियो ।
Facebook Comments Box