search

पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा

पढ्न छुटाउनुभयो ?

वीरगंज २१ असार । पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा गरिएको छ । शनिवार जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन प्रसाद साह सोनार र प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, गापा अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरी–३ शिकारीवासमा आयोजित कार्यक्रममा पालिकालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गरेका हुन् । नेपाल सरकारले साक्षर पालिका घोषणा गर्नका लागि तोकेको १२ सूचकमध्ये ८ वटा ठोरी गापाले पूरा गरेको आधारमा यो उपाधि प्राप्त गरेको शिक्षा शाखा प्रमुख भुपाल जोशीले बताए । आसमान नेपालको सहयोगमा गरिएको सर्वेक्षणमा पालिकाका पाँचवटै वडाका ३ हजार ८०९ घरधुरी समेटिएको थियो । सरकारको मापदण्डअनुसार १५–६० वर्ष उमेर समूहमा ९५ प्रतिशतभन्दा बढी साक्षरता पुगेको पालिकालाई साक्षर पालिका घोषणा गरिएको कार्यक्रममा उपाध्यक्ष गोकुली कुमारी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा, उद्योग विभागका महानिर्देशक सुशील साह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झा, नारायणी अस्पतालका मेसु डा. चुमनलाल दास, आसमान नेपालका धर्मेन्द्र चौरसियालगायतको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads