search

मोटर जडान गरी जथाभावी पानी तान्नेहरुविरुद्ध वडाध्यक्षद्वारा कारबाही

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ असार । वीरगंजमा पानीको संकट गहिरिंदै गएपछि वीरगंज महानगरपालिका–९ का वडाध्यक्ष जवाहर गुप्ताले डिप बोरिङमार्फत वितरण हुने पानीमा अवैध रूपमा मोटर जडान गर्नेविरुद्ध कारबाही गरेका छन् । वडाका सबै नागरिकलाई समान रूपमा पानीको पहुँच होस भन्दै वडा नं. ९ मा खनिएको डिप बोरिङ पाइपमा केही व्यक्तिले जबर्जस्ती मोटर जडान गरी अत्यधिक पानी तान्दा अन्य सर्वसाधारणले पानी नपाएको गुनासोको आधारमा कारबाही शुरु गरेका हुन् ।
गुप्ताले वडामा रहेका चार डिप बोरिङमार्फत करिब ४०० घरमा पानी वितरण गरिएको उनले बताए ।
मंगलवार १६० घरको अनुगमन गर्दा ८० घरमा अवैध मोटर जडान भेटिएको र यस्ता घरको पानीको लाइन काटेर पाइप बाहिर जडान गरिएको अध्यक्ष गुप्ताले बताए । उनले पानीको संकट गहिरिँदै गएको अवस्थामा खानेपानीजस्तो आधारभूत सेवामा समान पहुँच सुनिश्चित गर्न सबैको सहयोग हुनुपर्ने बताए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads