search

भन्सार छलीको सामानसहित तीनजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरी ल्याएका काजु तथा लत्ताकपडा रहेको ट्रक सहित तीन जनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका वडा नं. १४ गण्डकचोक सडकखण्डमा वीरगंजबाट काठमान्डौं जाँदै गरेको प्रदेश नं. २–०३–००१ ख ५६०९ नम्बरको इटा लोड गरेको ट्रकमा भन्सार छली चोरी पैठारी गरी लुकाइ छिपाइ राखिएको काजु, सटिङ सुटिङ थानको कपडा, कुर्ता शुरूवाल र लेडिज टप्स फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीले बारा निजगढ नगरपालिका वडा नं. ४ बस्ने वर्ष २८ को निकेश राउत कुर्मी, वर्ष २४ को सागर परियार, वर्ष ३८ को विष्णु पाठकलाई नियन्त्रणमा लिएको छ भने ट्रक तथा सामानको अन्दाजी मूल्य एकचालीस लाख अठहत्तर हजार आठ सय कायम गरी कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिप्रका, पर्साले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads