वीरगंज, २६ असार । खानेपानी तथा सिंचाइमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थानको वीरगंज कार्यालयमा छड्के निरीक्षण गर्दै कर्मचारीहरूलाई जिम्मेवारी बोध गरेर काम गर्न निर्देशन दिएका छन् ।
मन्त्री यादवले संस्थानको समग्र कार्यप्रणाली, सेवा वितरणको अवस्था तथा आम जनताको जीवनसँग प्रत्यक्ष जोडिएको सेवा भएकाले खानेपानी आपूर्ति प्रणालीमा निरन्तरता र प्रभावकारिता कायम राख्नुपर्नेमा जोड दिए। उनले तराई–मधेस क्षेत्र र वीरगंज महानगरपालिका क्षेत्रमा देखापरेको खानेपानीको अभावको चुनौतीलाई समाधान गर्न संस्थानले कदम चाल्नुपर्ने बताए ।
मन्त्री यादवले कर्मचारीहरूलाई जनसेवामा समर्पित भावनाका साथ अहोरात्र खटिन निर्देशन दिंदै आवश्यक सल्लाह तथा सहयोगका लागि सम्बन्धित मन्त्रालयसँग सम्पर्कमा रहन आग्रह गरे ।
उनले जनताको आधारभूत अधिकारका रूपमा सुरक्षित र पर्याप्त खानेपानीको पहुँच सुनिश्चित गर्नु सरकारको प्रमुख जिम्मेवारी रहेको बताउँदै मन्त्री यादवले यसका लागि सबै तहका सरकारी संयन्त्रहरू सजग, उत्तरदायी र परिणाममुखी बन्नुपर्ने बताए ।

Facebook Comments Box