search

spot_img
spot_img

‘वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय’

पढ्न छुटाउनुभयो ?

धनुषा, २६ असार : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय भएको बताउनुभएको छ ।
राष्ट्रपति चुरे तराइ मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ जनकपुरधामद्वारा आज लालगढ़मा आयोजित प्रदेशस्तरीय स्रोत परिचालन समिति तथा प्रदेश समन्वय समितिको संयुक्त बैठक उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले पछिल्लो समय खोलाको सतह बढ्दै जानु खतरापूर्ण रहेको बताउनुभयो ।
मौसमको प्रतिकूलता र वातावरणीय असन्तुलनले प्राकृतिक प्रकोप बढ्ने खतरा रहेको बताउँदै उहाँले चुरे संरक्षणमा तीनै तहका सरकारको साझा प्रयासको आवश्यकता औँल्याउनुभयो । चुरेको मरुभूमिकरण रोक्न नदीजन्य पदार्थको वातावरणमैत्री उत्खनन् गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री सिंहले वातावरणमैत्री उत्खनन्बाट प्राप्त नदीजन्य पदार्थ बिक्री गरी आम्दानी वृद्धि गर्नेतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।
सङ्घीयता कार्यान्वयन पश्चात मधेश प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा सबभन्दा बढी ७१.४८ प्रतिशत बजेट खर्च भएकोमा खुसी व्यक्त गर्दै उहाँले सो उपलब्धिका लागि प्रदेश सरकार मातहतका कर्मचारी र सरोकारवाला सबैलाई धन्यवाद दिनुभयो । रासस
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

भुटानमाथि नेपालको जित

काठमाडौँ, २७ असारः पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो उद्घाटन खेलमा सुखद्...

सम्बन्धित खबर

- Advertisement -neelambads