search

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले अग्रज र सदस्यहरूलाई गर्‍यो सम्मान

पढ्न छुटाउनुभयो ?

बीरगन्ज, २६ असार ।
गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन बीरगन्ज–पर्साको आयोजनामा एक विशेष सम्मान कार्यक्रम सम्पन्न भएको छ।

वीरगन्ज वडा नं. १६ नगवास्थित सनलाईट माविमा आयोजित कार्यक्रममा गम्छा र टिका लगाएर संस्थाका अग्रज र सक्रिय सदस्यहरूलाई सम्मान गरिएको थियो।

जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी र बीरगन्ज नगर अध्यक्ष राहुल श्रीवास्तवले संयुक्त रूपमा सभापतित्व गर्नुभएको उक्त कार्यक्रममा अग्रजहरू लालबाबु पटेल, मनि पाख्रिन, ललन द्विवेदी र केन्द्रीय सदस्य छेदुप लामालाई गम्छा र टिका लगाएर सम्मान गरिएको प्याब्सन बीरगन्ज सचिव अमित आलोकले जानकारी दिए । यस्तै, सोही अवसरमा प्याब्सन बीरगन्जका प्रमुख सल्लाहकार आलोक चौरसिया, उपाध्यक्ष शर्मानन्द कुशवाहा, कोषाध्यक्ष सुरज पटेल सदस्यहरु विरेन्द्र पंडित, गणेश क्षेत्री, प्रभात मेहता, मार्टिन मोक्तान, अनमोल कोइराला, आभास क्षेत्री, विजय बल, सनलाईट माविका निर्देशक डिके चौरसिया लगायतका पदाधिकारीहरू र सदस्यहरुलाई पनि समान रुपले सम्मानित गरिएको आलोकले जानकारी दिए ।

संस्थाका अग्रजजन प्रतिको सम्मानमार्फत सम्मानभाव र सद्भाव प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले गुरु पूर्णिमाको अवसरमा यस्तो कार्यक्रम आयोजन गरिएको बीरगन्ज नगर अध्यक्ष राहुल श्रीवास्तवले बताए । गुरु र अग्रजहरूलाई सम्मान गर्नाले संस्कार संरक्षण र संस्थागत एकताको सशक्तीकरण हुने प्याब्सन जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरीले बताए ।

 

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads