search

ठोरी गापामा थापा र मरहठ्ठाद्वारा आर्थिक अनियमिताको आरोप

पढ्न छुटाउनुभयो ?

वीरगंज २७ असार ।
पर्सा जिल्लाको ठोरी गाउँपालिकामा आर्थिक अनियमितता भएको स्थानीयवासीहरूको आरोप लगाएका छन् ।
आर्थिक अपराध गरेर मालामाल हुंदै आएका भ्रष्ट प्रवृतिका निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मराज बहादुर थापा र आर्थिक प्रशासन शाखाका लेखा अधिकृत बुद्धिसागर मरहठ्ठा माथि नियमनकारी निकायको आँखा नपुग्दा स्थानीयहरू आश्चर्यमा परेका छन् ।
आर्थिक अपराधका कुकर्महरू बाहिर नजाओस उद्देश्यले लेखा अधिकृत मरहठ्ठाले आफ्नै श्रीमति मन्दिरा पहाडीलाई सहायक कम्प्यूटर अपरेटरमा करारको नियुक्ती दिलाई आर्थिक प्रशासन शाखाको सहायकमा राखी काम गराउदै आएको स्रोतको भनाई रहेको छ ।
लेखा अधिकृत मरहठ्ठा ठोरी गाउँपालिका वडा नं. १ का स्थायी वासिन्दा भएकोले कैयौं आफ्नै कर्मचारीहरूको आवश्यक भुक्तानी गर्दा पहिला झुलाउने र बार्गेनिङ्ग फिक्स भएपछि मात्र निमित्त अधिकृत थापाको सहमतिमा भुक्तानी दिने गरेको भुक्तभोगीहरू बताउंदछन् ।
ठोरी गाउँँपालिकामा विशेष गरी सामाजिक विकास कार्यक्रम अन्र्तगत लक्षित वर्गको कार्यक्रममा ३० देखि ५० प्रतिशत सम्म कमिशन लिई भुक्तानी हुने गरेको स्रोतको कथन रहेको छ ।
ठोरी गाउँपालिकामा सञ्चालित कैयौं कार्यक्रममा निमित्त अधिकृत थापाको सल्लाहमा कर्मचारीहरूले नै आफ्नो नाममा पेश्की लिई नामको मात्र कार्यक्रम गरी नक्कली बिलहरू पेश गर्दै भुक्तानी लिने गरेको बताईन्छ ।
त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि शाखा, स्वास्थ्य शाखा, पशु शाखाबाट भए गरेका कार्यक्रमहरूमा प्रायः बिलहरू नक्कली रहेको र सो नक्कली बिलहरूको जोहो गर्ने जिम्मा सम्बन्धीत फाँट प्रमुखहरूको समन्वयमा वित्तिय साक्षरता सहजकर्ता हेम कृष्ण चापागाई र पशु शाखाका कृष्ण बहादुर कार्कीले गर्ने गरेको ती स्रोतले जनाएको छ ।
यसैगरी पशु शाखामा काम गर्दै आएका कृष्ण बहादुर कार्कीलाई जिन्सी प्रमुखको जिम्मेवारी दिई जिन्सीको सामानैहरू नमगाई बिल मात्र पेश गरी निमित्त अधिकृत थापा र लेखा अधिकृत मरहठ्ठाले भुक्तानी दिएको स्रोतले जनाएको छ ।
भ्रष्टाचारको मामिलामा सिपालु मानिएका निमित्त अधिकृत थापा र लेखा अधिकृत मरहठ्ठाले आ.व. २०८१/०८२ मा भुक्तानी गरेका सामाजिक विकास कार्यक्रम अन्र्तगत लक्षित वर्गको कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि शाखा, स्वास्थ्य शाखा, पशु शाखा लगायतका फाईलहरू अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई छानबिन गरेमा ठोरी गाउँँपालिकाका भ्रष्टाचारहरू घाम जस्तै छर्लङ्ग हुने ठोरीवासीहरूको भनाई रहेको छ ।
Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads