search

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

पढ्न छुटाउनुभयो ?

काठमाडौं/ कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो।

शिष्टाचार भेटका क्रममा संघकी अध्यक्ष श्रीमती ब्लेसी ढकालले महामहिमप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै संघप्रति निरन्तर साथ र सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले कतार दूतावासलाई “संघका मित्र” को रूपमा सम्बोधन गर्नुहुँदै, विगतदेखि कायम रहेको आपसी मित्रता र सद्भावप्रति सम्मान प्रकट गर्नुभयो।

भेटघाटका क्रममा राजदूत अल–अन्सारीले कतार च्यारिटीले नेपालमा सञ्चालन गरिरहेको सामाजिक सेवाका पहलहरूबारे जानकारी दिनुभयो। उहाँले कतारी जनताको तर्फबाट नेपाली समुदायप्रति समर्पित सेवाका प्रतिबद्धता उल्लेख गर्नुभयो।

मैत्रीभाव र आपसी सम्मानमा आधारित उक्त भेटमा दुबै पक्षले भविष्यमा सहकार्य गर्न सकिने सम्भाव्य क्षेत्रहरूबारे छलफल गर्नुका साथै आपसी सम्बन्ध अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपाली–फिलिपिनी संघ (NFA) नेपालमा दर्ता भएको एक गैरसरकारी संस्था हो, जसले नेपालमा बसोबास गर्ने फिलिपिनी समुदायको हकहितमा काम गर्दै आएको छ। साथै, नेपाल र फिलिपिन्सबीचको आपसी सम्बन्ध प्रवर्द्धन गर्न संघले विविध सांस्कृतिक, सामाजिक तथा सहकार्यका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

Facebook Comments Box

ताजा खबर

सीमा सुरक्षा गस्तीको क्रम कटुवा पेस्तोलसहित दुईजना पक्राउ

वीरगंज, १९ कात्तिक। सशस्त्र प्रहरी बल नेपाल पर्साले कटुवा पेस्तोल सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। बुधवार १२ः३० बजेको समयमा...

सम्बन्धित खबर

- Advertisement -neelambads