search

वीरगंज लेडिज सर्कल–३ द्वारा अस्पतालमा फलफुल वितरण

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ असार । नेपालमा लेडिज सर्कलको स्थापना दिवसको अवसरमा वीरगंज लेडिज सर्कल–३ ले नारायणी अस्पतालमा फलफुल वितरण गरेको छ । कार्यक्रममा ५५ किलो आँप र ३०० थान केरा नारायणी अस्पतालमा रहेका बिरामी र कुरूवाहरूलाई वितरण गरिएको हो । लेडिज सर्कल–३ वीरगंजकी अध्यक्ष नन्दनी अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निधि जाटिया, सचिव श्रेया रूङटा, कोषाध्यक्ष नेहा अग्रवाल, पूर्वअध्यक्ष खुशबु सिंघानियालगायतको सहभागीता थियो । अध्यक्ष नन्दनी अग्रवालले नेपालमा लेडिज सर्कलको स्थापना दिवसको अवसरमा देशभर विविध कार्यक्रम गरेर यो दिनलाई भव्यताका साथ मनाउने क्रममा आज हामीले पनि सानो प्रयासस्वरूप नारायणी अस्पतालका बिरामी कुरूवालाई फलफुल वितरण गरेर सामाजिक उत्तरदायित्व पूरा गरेको जानकारी गराइन् ।
Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads