जिल्ला भरी काग्रेसको पार्टी प्रवेश अघि बढछ–काँग्रेस नेता रुगंटा

1200x150_1200x150-01.jpg (1)

वीरगंज,२८ असार ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अनिल रुगंटाले अगामि दिनमा वीरगंज महानगरको ३२ वटा वडा र पर्सा जिल्ला भरी काग्रेसलाई संगठित गर्ने काम अघि बढने बताएका छन् ।

 

वीरगंज महानगरपालिका वडा नं २१ लिपनीविर्ता द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो बताएका हुन् । २०८४ मा पर्सा क्षेत्र नं १ मा प्रतिनिधि सभा चुनावको लागि आफु चुनाव लडने यसअघि अडकलबाजी गर्दै आएका नेता रुर्गटाले जसपाका खानेपानी मन्त्री प्रदिप यादवप्रति कटाक्ष समेत गरेका छन् । उनले दुई वर्षदेखि खानेपानीको अभाव सृजना हुदा पनि दिगो योजना अनुसार पर्सा क्षेत्र नं १ का सांसद समेत रहेका मन्त्री यादवले काम नगरेको समेत औल्याए ।

उनले भने,‘जनताको भलो गर्ने पार्टी काँग्रेस मात्र हो,त्यसैले सबैले काँग्रेसलाई सहयोग गरी वास्तविक विकास गर्नु पर्छ ।’ नेपाली काग्रेसका उपसभापति रामनारायण कुर्मीले पानी संकट टार्न केही राजनीतिक दलका नेताहरुले रोड शो मार्फत नौटकी समेत गरिरहेको देख्दा हास्यास्पद लागेको समेत बताए । उनले लिपनीविर्तामा काँग्रेसप्रति युवा र वडावासीको लहर देखेर आफुहरु उर्जाशील भएको समेत बताए । सोही कर्याक्रममा लिपनीविर्ता विर्ताका युवा नेता सन्जय मण्डलको नेतृत्वमा युवाहरुको समुह काँग्रेसमा प्रवेश गरेका छन् ।

 

वडा कमिटि अध्यक्ष रामनारायण साहको अध्यक्षता र जितेन्द्रप्रसादकुर्मीको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा बाराका काँग्रेस नेता कृष्णब्रत सिंह,वीरगंज महानगरका उपमेयर इम्तियाज आलम,पर्सा क्षेत्र नं १ का कार्यबाहक सभापति अनिल सिंह,२ का सभापति मोहम्द सहाबुद्दिन,काँग्रेस पर्सा प्रवक्ता रमेश पाण्डे,जिल्ला सदस्य जतनराउत कुर्मी,हबिब मियालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संजय मण्डल,सुबोध श्रीवास्तव,सोनालाल मण्डल, रमेश चौरसिया, रन्जय रायभर, ध्रुव मण्डल, धनिकलाल मण्डल, राजेश मण्डल, राजेश्वर शाह, जङ्गबहादुर शाह, सुरेन्द्र श्रेष्ठलगायत दर्जनौं युवाहरू पार्टी प्रवेश गरेका थिए।

सम्बन्धित पोस्टहरुः