search

spot_img
spot_img

वीरगंजमा शिक्षक क्षमता अभिवृद्धिको लागि सम्मेलन

पढ्न छुटाउनुभयो ?

वीरगंज,२८ असार ।
काठमाण्डौ विश्वविद्यालय स्कूल अफ एजुकेशनको आयोजनामा वीरगंजमा एक दिने शिक्षक सम्मेलन सम्पन्न भएको छ । क्लार्क रिसोर्टमा आयोजित कार्यक्रमको उद्घाटन वीरगंज महानगरका नगरप्रमुख राजेशमान सिंहले गरे । उनका अनुसार शिक्षकमा मनोबल भए तापनि कक्षा कोठामा गम्भीरताको साथ परिपालना नगर्दा गुणस्तरीय शिक्षाबाट वीरगंज पछि परेको बताए । खास गरी सामुदायिक विद्यालयका शिक्षकहरुबाट असन्तुष्टि पोख्दै उनले शिक्षकहरुको क्षमता अभिवृद्धिको लागि यस्तो कार्यक्रम आयोजना हुदाँ पनि जुन किसिमले वीरगंज,पर्सा,बाराका शिक्षकहरुको सहभागिता हुनु पर्ने हो,त्यो नभएको समेत उनले चर्चा गरे ।

वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले जब सम्म शैक्षिक उन्नयनमो जोड दिइदैन तब सम्म अरु क्षेत्रको विकास माइने नराख्ने समेत उल्लेख गरे । साथै उनले पाठयक्रम अनुसारको कार्ययोजना अनुसारको शिक्षण सिकाईलाई समेत कक्षाकोठामा शिक्षकले लागु गरी विद्यार्थाीको अधारभूत शिक्षा हासिल गर्ने अधिकार दिने काममा गम्भीरताको साथ सरकारी र निजि सबै शिक्षकले लाग्नु पर्ने औल्याए ।

सम्मेलनमा शिक्षकमाझ परिवर्तनशील शिक्षण अभ्यास र व्यावसायिकताका विषयमा गहन छलफल भएको छ । कार्यक्रमको अध्यक्षता काठमाण्डौ विश्वविद्यालय स्कूल अफ एजुकेशनका एसोसिएट डीन डा. प्रकाशचन्द्र भट्टराईले गरेका थिए भने कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम, शैक्षिक प्रशासन प्रमुख आनन्द लामिछाने,ज्ञानदा एकेडेमीका सिइओ राजेन्द्र कोइरालालगायत विभिन्न शैक्षिक व्यक्तित्वहरुको उपस्थिति छ । सम्मेलनमा शिक्षण अभ्यासमा नवप्रवर्तन, नेतृत्व विकास, र व्यावसायिक सीप अभिवृद्धि विषयमा सत्रहरू सञ्चालन भएको थियो । आयोजकका अनुसार यसले विद्यालयस्तरीय शिक्षामा दीर्घकालीन सुधारको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जिल्ला भरी काग्रेसको पार्टी प्रवेश अघि बढछ–काँग्रेस नेता रुगंटा

वीरगंज,२८ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अनिल रुगंटाले अगामि दिनमा वीरगंज महानगरको ३२ वटा वडा र पर्सा जिल्ला भरी...

सम्बन्धित खबर

- Advertisement -neelambads