search

spot_img
spot_img

नारायणी अस्पताल नेपालकै उत्कृष्ट अस्पताल बन्दै–स्वास्थ्यमन्त्री पौडेल आईयूआई र मेमोग्राम सेवा शुरु

पढ्न छुटाउनुभयो ?

वीरगंज,२९ असार ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको केही वर्षपछि वीरगंजको नारायणी अस्पताल देशकै एक उत्कृष्ट सरकारी अस्पतालको रुपमा चिनिने बताएका छन् । नारायणी अस्पतालमा महिलाको स्तन क्यान्सरको जाँच कक्ष (मेमोग्राम परिक्षण कक्ष ) र निसन्तान उपचार केन्द्रको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।

 

नेपाली काँग्रेसका नेता समेत रहेका मन्त्री पौडेलले काँग्रेस बाराका पूर्व अध्यक्ष अयोध्याप्रसाद यादवको १३ दिनको पूण्य तिथिको अवसरमा बाराबाट काठमाडौं फर्किनेक्रममा साझ ५ बजे नारायणी अस्पताल पुगेका थिए । दुई सेवाका कक्षा उद्घाटन गर्दै अस्पतालको सभाहलमा आज आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो बताएका हुन् ।

 

उनले मधेशप्रदेशमा संघ सरकारको एकमात्र अस्पताल नारायणी अस्पताल नै रहेको बताए । त्यसका कारण नाारायणी अस्पतालको सेवा गुणस्तर बृद्धिका लागि स्वास्थ्य मन्त्रालय लागि परेको चर्चा गर्दै स्वास्थ्यकर्मीले इमान्दार भएर काम गरे तथा यहाँका राजनीतिक दल र वीरगंजवासीले साथ दिएमा अबको एक वर्षपछि नारायणी अस्पताल देशमै नमूना अस्पतालका रुपमा विकसित हुने उनले विश्वास व्यक्त गरे ।‘अस्पतालको भवन निर्माणको मुद्दा टुगो लागि सकेको छ,क्याथल्याबको भवन हस्तनान्तरणको तयारीमा छ,अन्य सेवाको लागि आठ तल्ले सुविधा सम्पन्न भवनको गूरु योजनाको लागि सरकार कटिबद्ध छ,’उनले भने,‘तसर्थ,गल्ती भएको छ भने मन्त्री,मन्त्रालय र चिकित्सकको गाडि औला ठडयाउनु,तर राम्रो काम भइरहेको छ भने सकारात्मक सहयोग गरेर अस्पताललाई बचाउनुहोस ।’ उनले जब सरकारी अस्पताल ठिक छैन भने दैनिक विरामीको चाप किन बढिरहेको छ,यदि विरामी ठगिएका छन् भने किन आउँछन् सरकारी अस्प्ताल’,उनले प्रश्न गर्दै थपे,‘जनताको विश्वास रहेकोले निजिभन्दा सरकारी अस्पतालमै विरामी उपचार गराउन सहज ठान्छन् ।’

नारायणी अस्पतालमा पछिल्लो समय सुधारका धेरै कामहरु भएको दाबी गर्दै मन्त्री पौडेलले अब नारायणी अस्पतालमै मुटुको शल्कृया सेवा चाँडै सञ्चालनमा आउनेपनि बतााए । कार्यक्रममा सहभागी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई निर्देशन दिदैं मन्त्री पौडेलले भने,‘ डाक्टरहरुले बिहान १० देखि साँझ ५ बजेसम्म अस्पतालमा ड्युटी गर्नैपर्छ । त्यसमा कुनै सम्झौता हुदैन ।’अस्पताललाई कर्र्मचारी भर्तीको केन्द्र नबनाउनपनि पनि उनले निर्देशन दिए ।

 

अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेसु डा. चुमनलाल दासले स्वागत मन्तव्यसहित अस्पतालको विविध पक्षको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र,पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,नेपाल कांग्रेसका मधेस प्रदेश उपसभापति चन्द्रेशखर यादव , पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीलगायतको सहभागिता थियो ।

नयाँ सेवाले के हुन्छ फाइदा ?

स्तन क्यान्सरको जाँच र निसन्तान उपचार केन्द्रको सेवा शुरु भएकोले यस भेगको लागि यो नयाँ र प्रभावकारी सेवा भएको अस्पतालले जनाएको छ । अस्पतालका मेसु डा. दासले मधेसमै सरकारी अस्पतालमा यी दुवै सेवा पहिलो पटक शुरु गर्न पाउँदा आफुहरु खुशी भएको बताए । यसअघि ती दुवै उपचार सेवाका लागि वीरगंज आसपासका बिरामीहरु निजी अस्पताल, काठमाडौं र छिमेकी मुलुक भारतका अस्पतालमा जाान बाध्य थिए ।

स्तन क्यान्सरको जाँच(मेमोग्राम) सेवा र बाँझोपनको उपचार (आइयुआई) सेवाले निसन्तान दम्पतिहरुका लागि आशाको केन्द्र साबित हुने अपेक्षा गरिएको बताए । यस्तै नाारायणी अस्पतालमा पाठेघरको मुखको क्यान्सरको जाँच र उपचार सेवा यसअघि नै सञ्चालनमा ल्याइसकिएको उनले जानकारी दिए । त्यस्तै क्यान्सरको स्क्रिनिङ र केमोथेरापी सेवा पनि यसअघि नै सञ्चालमा आइसकेको उनले बताए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

भारतीय पर्यटकलाई सहजीकरण गर्न मन्त्री कुशवाहाको निर्देशन

वीरगंज, २९ असार । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री ई. वसन्त कुशवाहाले मधेश प्रदेशका आठवटै जिल्ला प्रशासन...

सम्बन्धित खबर

- Advertisement -neelambads