search

भारतीय पर्यटकलाई सहजीकरण गर्न मन्त्री कुशवाहाको निर्देशन

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ असार । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री ई. वसन्त कुशवाहाले मधेश प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै भारतीय पर्यटकलाई सहजीकरण गर्न निर्देशन दिएका छन् ।
मन्त्री कुशवाहाले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा भारतीय सीमा नाकाबाट नेपाल घुम्न आउने पर्यटकहरूलाई सुरक्षा चेकजाँच लगायतका नाममा अनावश्यक झन्झट दिइने तथा उचित व्यवहार नहुने जस्ता गुनासोहरू प्राप्त भएको उल्लेख छ । भारतबाट आउने पर्यटकहरूलाई आवश्यक सहजीकरण गर्न र गराउन व्यवस्था मिलाउनसमेत उनले अनुरोध गरेका छन् ।
मधेश प्रदेशमा भारतीय पर्यटकको आगमन बढाउन र पर्यटन क्षेत्रको विकास र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने पत्रमा जनाइएको छ । सो पत्रको बोधार्थ गृह मन्त्रालय (सिंहदरवार, काठमाडौं), मधेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, सञ्चार तथा कानून मन्त्रालयलाई समेत दिइएको छ ।
Facebook Comments Box

ताजा खबर

सीमा सुरक्षा गस्तीको क्रम कटुवा पेस्तोलसहित दुईजना पक्राउ

वीरगंज, १९ कात्तिक। सशस्त्र प्रहरी बल नेपाल पर्साले कटुवा पेस्तोल सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। बुधवार १२ः३० बजेको समयमा...

सम्बन्धित खबर

- Advertisement -neelambads