search

spot_img
spot_img

मधेस प्रदेशमा ‘लम्पीस्किन’को सङ्क्रमण बढ्दो

पढ्न छुटाउनुभयो ?

जनकपुरधाम, ३० असार : मधेस प्रदेशमा पशु चौपायामा लाग्ने लम्पीस्किन सङ्क्रमण तीव्र रुपमा बढ्दो छ । विगत दुई महिनादेखि सो रोग मधेस प्रदेशमा पैmलिँदै गएको होे ।
मधेस प्रदेशको पशुपन्छी विकास निर्देशनालय जनकपुरका अनुसार प्रदेशअन्तर्गतका जिल्ला तथा ग्रामीण क्षेत्रमा एक हजार ४१ पशुमा लम्पीस्किनको सङ्क्रमण फेला परेको छ । सो रोगबाट हालसम्म १५ वटा पशुचौपाया मरेका छन् । उक्त रोग लागेमा पशुलाई सुरुमा ज्वरो आउने, शरीरमा घाउखटिरा हुने तथा अन्नपानी चारा एवं घाँस खान नखोज्ने लक्षण देखिन्छ ।
निर्देशनालयबाट प्राप्त विवरणअनुसार मधेस प्रदेशको सिरहामा ३७३, धनुषा जिल्लामा ३३०, सर्लाहीमा २५०, रौटहटा ७६ वटा पशुमा लम्पीस्किन भेटिएको छ । साथै उक्त रोगबाट धनुषामा सात, सर्लाहीमा चार तथा रौतहटमा चारवटा पशु मरेका छन् । रोगको पहिचान भएपछि सो सङ्क्रमण हुन नदिन खोप अभियान सुरु गरिएको निर्देशनालयका निर्देशक जागेश्वर यादवले जानकारी दिनुभयो ।
सो अभियानअन्तर्गत प्रदेशभरिका दुई लाख ४५ हजार पशुलाई खोप लगाइएको जनाइएको छ । प्राप्त जानकारीअनुसार दुई लाख ३१ हजार ५१५ पशुलाई विज्ञ केन्द्रमार्फत खोप दिइएको छभने स्थानीय तहमार्फत धनुषामा ५६६, सर्लाहीमा १७५ तथा रौतहटमा तीन हजार ७०० पशुलाई खोप लगाइएको छ ।
यो गाई तथा भैँसीमा देखिन एक विषाणुजन्य रोग हो । प्रदेशभरि खोप अभियान सञ्चालन गर्दै उच्च जोखिम भएका क्षेत्रहरुमा निःशुल्क खोप वितरण भइरहको यादवले बताउनुभयो ।
रोग फैलाउने कीटाणु नियन्त्रणका लागि कीटनाशक औषधि समेत छर्किने गरिएको छ । साथै गोठ सफाइ, मलमूत्र व्यवस्थापन तथा जैविक सुरक्षाका उपाय उपनाउनका लागि किसानलाई पे्ररित गरिएको छ । गम्भीर अवस्थामा पशु चिकित्सक टोली खटाएर उपचार व्यवस्था गरिएको निर्देशक यादवको भनाइ छ । रासस
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

विपक्षी दलको बहिष्कारका बीच मधेस प्रदेशसभाबाट बजेट पारित

धनुषा, ३० असार: मधेस प्रदेश सरकारको बजेट विपक्षी दलको बहिष्कारबीच पारित भएको छ । आजको प्रदेससभा बैठकमा विपक्षी दलको...

सम्बन्धित खबर

- Advertisement -neelambads