search

spot_img
spot_img

८ जना एसईई उत्कृष्ट विद्यार्थी सम्मानित

पढ्न छुटाउनुभयो ?

वीरगन्ज । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ४ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गर्ने पर्सा जिल्लाका आठ जना विद्यार्थीलाई आज एक विशेष समारोहमा सम्मान गरिएको छ ।

जिल्ला शिक्षा समिति र जिल्ला प्रशासन कार्यालय पर्साको सहआयोजनामा भएको ‘शैक्षिक गुणस्तर अभिवृद्धि’ सम्बन्धी विमर्श कार्यक्रममा यी प्रतिभावान् विद्यार्थीहरूलाई नगद पुरस्कारसहित कदरपत्र प्रदान गरिएको हो ।

सम्मानित हुने विद्यार्थीहरूमा सामुदायिक विद्यालय त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालयका सचिन मेहता, कादम्बरी एकेडेमीका सिद्धी शर्मा, साक्षी यादव, यश जयसवाल र सौरभ पाण्डे, तथा गौतम माध्यमिक विद्यालयका जोया हवारी, दीपीशा रौनियार र आरभ चौरसिया रहेका छन् ।

उनीहरूलाई जिल्ला समन्वय समितिका अध्यक्ष अजय सर्राफ, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र शिक्षा विकास समन्वय इकाईका प्रमुख हरि राउतले जनही १० हजार रुपैयाँ नगद र कदरपत्र प्रदान गरे । विद्यार्थीका अभिभावकहरूलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूलाई पनि कदरपत्रसहित सम्मानित गरिएको थियो भने जिल्लाकै उत्कृष्ट केन्द्राध्यक्षका रूपमा श्री माध्यमिक विद्यालय विजयवस्ती ठोरीका प्रधानाध्यापक नारायण लामालाई १० हजार नगद र कदरपत्र प्रदान गरी सम्मान गरियो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

वीरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सिटी स्क्यान सञ्चालन

वीरगंज, ३० असार । वीरगंजस्थित वीरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा अत्याधुनिक प्रविधियुक्त सिटी स्क्यान मेसिन आजदेखि औपचारिक रूपमा...

सम्बन्धित खबर

- Advertisement -neelambads