search

spot_img
spot_img

वीरगञ्ज महानगरपालिकाद्वारा कक्षा ९ र ११ को छात्रवृत्तिका लागि अनलाइन आवेदन आह्वान

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज ३१ असार। वीरगञ्ज महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ९ र ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन फाराम भर्न आह्वान गरेको छ। महानगरअन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूमा छात्रवृत्ति प्रदान गर्न मंगलबार सूचना जारी गरिएको हो।

२०८१ को बीईई (कक्षा ८) वा एसईई परीक्षामा न्यूनतम १.६ जीपीए प्राप्त गरेका विद्यार्थीहरूले साउन १ गते बिहान १० बजेदेखि साउन १५ गते राति १२ बजेसम्म महानगरपालिकाको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन पेस गर्न सक्नेछन्। शैक्षिक प्रशासन महाशाखाले आवेदन प्रक्रिया पूर्णतः निःशुल्क रहेको जनाएको छ।

कक्षा ९ को आवेदनका लागि कक्षा ८ मा न्यूनतम १.६ जीपीए र कक्षा ११ का लागि एसईईमा न्यूनतम १.६ जीपीए प्राप्त गरेको हुनुपर्छ। सामुदायिक विद्यालयबाट उत्तीर्ण विद्यार्थीले विद्यालयको सिफारिस पत्र, वीरगञ्ज महानगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणका लागि जन्म दर्ता, नागरिकता वा बसाइसराइ प्रमाणपत्र र आरक्षण समूहमा आवेदन दिनेले सम्बन्धित प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्नेछ।

आवेदनका लागि पासपोर्ट साइजको फोटो, चारित्रिक वा ट्रान्सफर प्रमाणपत्र, कक्षा ८ वा एसईईको ग्रेड सिट आवश्यक पर्नेछ। कागजातहरू मोबाइलमार्फत खिचेर पनि अपलोड गर्न सकिने व्यवस्था मिलाइएको छ।

विद्यार्थी छनोट प्रक्रिया लिखित परीक्षामार्फत हुनेछ। कक्षा ९ को परीक्षा कक्षा ८ को पाठ्यक्रम र कक्षा ११ को परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ। दुवै कक्षाको परीक्षामा गणित, विज्ञान, अङ्ग्रेजी र नेपाली विषयका २५÷२५ अङ्कका प्रश्नहरू समावेश हुनेछन्। उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क ल्याउनुपर्छ।

विद्यार्थीले फाराम भर्दा अध्ययन गर्न चाहेको विद्यालय छनोट गर्नुपर्नेछ। फाराम पेस गरेपछि प्राप्त हुने कनफरमेसन पेज प्रिन्ट वा डाउनलोड गर्न सकिनेछ, यद्यपि यो प्रवेश पत्र नहुने महाशाखाले स्पष्ट पारेको छ। परीक्षामा सहभागी हुन महानगरपालिकाले एसएमएसमार्फत कनफरमेसन पठाएपछि उपलब्ध हुने प्रवेश पत्र अनिवार्य हुनेछ। झुटा विवरण पेस गरेमा आवेदन वा भर्ना रद्द हुनेछ।

छात्रवृत्ति वितरण महानगरपालिकाको संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७५ र समितिको निर्णयअनुसार हुनेछ। थप जानकारीका लागि शैक्षिक प्रशासन महाशाखाका सुजीत श्रीवास्तव (९८२०९०७२१५), सुरेन्द्र ठाकुर (९८१९२२२४८८) वा ऋतिक कुमार कहार (९८२५२४४३०९) लाई सम्पर्क गर्न सकिनेछ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

वीरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सिटी स्क्यान सञ्चालन

वीरगंज, ३० असार । वीरगंजस्थित वीरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा अत्याधुनिक प्रविधियुक्त सिटी स्क्यान मेसिन आजदेखि औपचारिक रूपमा...

सम्बन्धित खबर

- Advertisement -neelambads