search

spot_img
spot_img

नेप्से परिसूचक ३४ अङ्कले बढ्यो

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, ३२ असारः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६१ अङ्कले बढेर दुई हजार ७९४ दशमलव ७८ को विन्दुमा कायम भएको छ ।
आज तीन सय ३० कम्पनीको चार करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर ९९ हजार ५०५ पटक खरिदबिक्री हुँदा रु १४ अर्ब तीन करोड ४८ लाख ३९ हजार ८८० बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा व्यापार समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह तीन दशमलव ८६ प्रतिशतले बढेको छ । बैंकिङ एक दशमलव ५९, वित्त शून्य दशमलव ७५, होटल तथा पर्यटन शून्य दशमलव ५९, जलविद्युत् एक दशमलव २८ र लगानी शून्य दशमलव ५२ प्रतिशतले बढेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ३९, लघुवित्त एक दशमलव ८५, म्युचुअल फण्ड एक दशमलव ५८, निर्जीवन बिमा एक दशमलव ८५ र अन्य समूह शून्य दशमलव ३३ प्रतिशतले बढेको छ ।
आजको कारोबारका एक सय ९३ कम्पनीको शेयर मूल्य बढ्दा ५५ वटाको घटेको छ । केबिएल डिबेञ्चर-२०९० र थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ८७ प्रतिशतले घटेको छ । रासस
Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको निर्णय

काठमाडौँ, ३२ असार : जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सो...

सम्बन्धित खबर

- Advertisement -neelambads