search

करेन्ट लागेर महिलाको मृत्यु

पढ्न छुटाउनुभयो ?

सप्तरी, ३ साउनः अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ टेङ्गरीमा आज करेन्ट लागेर एक जना वृद्धा महिलाको ज्यान गएको छ ।
स्थानीय वैद्यनाथ यादवकी ७० वर्षीय श्रीमती उर्मीलादेवी यादवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जनाकारी दिनुभयो ।
उहाँका अनुसार खेतमा विद्युत् जडान गरिएको मोटरमा लागेको तारमा छुँदा करेन्ट लागेको हो । करेन्ट लागेका उहाँको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ ।
राजविराज–कञ्चनपुर हुलाकी सडकखण्डअन्तर्गत अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित बनौलीमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । स्थानीय बौवालाल साहको छोरा अन्दाजी वर्ष १९ को अरबिन्द साह झुण्डिएको अवस्थामा मृत फेला परेको स्थानीय रामशेवक मण्डलले जनाकारी दिनुभयो । रासस
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads