search

spot_img
spot_img

वीरगंजको दुई स्थानमा शनिवार निःशुल्क भोजन शिविर

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ साउन । वीरगंजको दुई स्थानमा निःशुल्क भोजन शिविर शनिवार सम्पन्न गरिएको छ । कुम्हालटोल टोल सुधार समिति वीरगंज–७ द्वारा आयोजित निशुल्क भोजन शिविरमा बटुवा, रिक्सा,ठेला, इरिक्सा चालक, गरिब असहायहरूलाई दाल भात, परवल आलु चनाको तरकारी र भुटेको हरियो खुर्सानी खुवाइएको थियो । सो निशुल्क भोजन कार्यक्रम प्रत्येक महिनाको एक पटक पहिलो शनिवार आयोजना गरिने कुम्हालटोल टोल सुधार समितिका अध्यक्ष नन्दलाल अहिरले जानकारी दिए । कार्यक्रममा अधिवक्ता प्रकाश उपाध्याय, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, कंचनजंघा स्कुलका निर्देशक समाजसेवी मार्टिन मोक्तान लगायतले भोजन खुवाएका थिए । यसैगरी वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क भोजन वितरण कार्यक्रम शनिवार ६२ औं हप्तामा पनि नारायणी अस्पतालको प्राङ्गणमा सञ्चालन भएको थियो । अस्पतालमा उपचाररत बिरामी, कुरूवा तथा आर्थिक रूपमा विपन्न, असहाय र गरिब वर्गका व्यक्तिहरूलाई शुद्ध, सफा र पोषिलो भोजन खुवाइएको छ।कार्यक्रमका संयोजक एवं वीरगंज समाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ताले करिब ५०० जनालाई दाल, भात, तरकारी र अचार खुवाइएको बताए । कार्यक्रममा उपाध्यक्षः मनोज प्रसाद रौनियार,सचिवः प्रकाश बाहेती,कोषाध्यक्षः विनोद सरार्पmलगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

मुख्यमन्त्रीले समेत सुधार्न नसकेको वीरगंजको जगरनाथपुर ढाट

राधेश्याम पटेल, वीरगंज,३ साउन । सवारी कर संकलनमा अनियमितता गर्ने ढाटको रुपमा पछिल्लो समय वीरगंजको जगरनाथपुर ढाट चर्चामा छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads