search

spot_img
spot_img

एन्फा युथ लिगः मनाङ मस्र्याङ्दीको पहिलो हार

पढ्न छुटाउनुभयो ?

काठमाडौं, ४ साउन । संकटा क्लब जारी एन्फा यु–१६ युथ लिगमा पाँचौं जितसँगै आइतवार शिर्ष स्थानमा उक्लिँदा मनाङ मस्र्याङ्दीले पहिलो हार सामना गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आईतवार भएको दोस्रो खेलमा संकटा शिर्ष स्थानको दाबेदार मनाङ मस्र्याङ्दीमाथि २–० को जित निकालेको हो । संकटाको जितमा नवराज तिरूवा र प्रजलकुमार लुम्रेले समान एक गोल गरे । यो जितँसगै छैटौं खेलमा १५ अङ्क जोड्दै संकटा शिर्ष स्थानमा उक्लियो । मनाङले भने जारी लिगमा पहिलो हार सामना गरेको छ । छैटौं खेलमा मनाङ तीन जित र दुर्ई बराबरीसहित ११ अङ्क जोड्दै चौथो स्थानमा छ । दुवै गोल पहिलो हाफमा भएको हो । खेलको ३३ औं मिनेटमा मनाङ १० खेलाडीमा सिमित हुन पुग्यो । गोल हुनसक्ने अवस्थामा राहुल लुहारले संकटाका सुमित बलामपाकीलाई लडाए । खेलका रेफ्री गौतम सलाबले सहायक रेफ्रीको मद्दतमा राहुललाई सीधै रातो कार्ड दिएका हुन् । तर पहिलो हाफमा संकटाले यसको फाइदा लिन सकेन र गोलरहित बराबरी भयो । दोस्रो हाफमा भने संकटाले फाइदा लिँदै दुर्ई गोल ग¥यो । ५५ औं मिनेटमा नवराजको गोलबाट संकटा अगाडि बढ्यो । मनाड्ढा खेलाडीले डिबक्सभित्र राम्रोसँग क्लियर गर्न नसकेको बललाई सदुपयोग गर्र्दै नवराजले पहिलो वार च्याप्दै जाली चुमाएका हुन् । ६७ औं मिनेटमा प्रजलकुमारले अग्रता दोब्बर बनाए । काउन्ट प्रहारमा संकटाका कप्तान पेम्बा तामाड्ढो पहिलो प्रहार मनाड्ढा गोलकिपर विशेष गुरूङले डाइभ गर्दै छेके । तर सोही बल रिबाउन्ड हुँदा प्रजलकुमारले वान टचमार्पmत जाली चुमाए । यसपछिको बाँकी समयमा थप गोल हुन सकेन र संकटाले जित निकाल्यो । दिनको पहिलो खेलमा विभागीय टोली एएिफले हिमालयन शेर्पा क्लवलाई २–० ले हरायो । एपिएफका पूजन ढकाल र आदर्श मेचेले गोल गरेका हुन् । दुवै हाफमा समान एक गोल निस्कियो । ३१औं मिनेटमा पूजनले गोल गर्दै एपिएफलाई अग्रता दिलाए । हिमालयन शेर्पाका कप्तान प्रदीप खत्रीले फुत्काएको बल सदुपयोग गर्दै एपिएफले गोल गरेको हो । लेफ्ट साइटबाट प्रदीपले गरेको प्रहारलाई हिमालयन शेर्पाका गोलकिपर उत्सव खड्काले राम्रोसँग जज गर्न नसक्दा जाली चुम्न पुग्यो । ५२औं मिनेटमा आदर्शको गोलबाट एपिएफले अग्रता दोब्बर बनायो । राइट साइडबाट सुशान्त जिएमले दिएको क्रस सदुपयोग गरेका आदर्शले हिमालयन शेर्पाका तीन डिफेन्डर र गोलकिपरलाई बिट गर्दै गोल गरेका हुन् । त्यसपछि थप गोल हुन सकेन र एपिएफले तेस्रो जित निकाल्यो । ६ खेलमा एपिएफ ९ अङ्क जोड्दै छैटौं स्थानमा उक्लिएको छ । हिमालयन शेर्पा ६ खेलमा आठ अङ्कसहित सातौं स्थानमा झरेको छ । हिमालयन शेर्पाको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा हिमालयन शेर्पा त्रिभूवन आर्मी क्लबसँग पराजित भएको थियो ।
Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते

सिरहा, ४ साउनः सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा १३ जना घाइते भएका छन् । कारागारभित्र...

सम्बन्धित खबर

- Advertisement -neelambads