search

spot_img
spot_img

साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, ५ साउन : मोसमत सागोरिकाको उत्कृष्ट खेलमा बङ्गलादेशले साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।
बङ्गलादेशको वसुन्धरा किङ्स एरेनामा आज सम्पन्न लिगको अन्तिम खेलमा बङ्गलादेशले नेपाललाई ४–० ले पराजित गर्दै उपाधि जितेको हो । बङ्गलादेशले प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको हो । उसले छ खेलबाट १८ अङ्क जोड्यो भने समान खेल खेलेको नेपालको १२ अङ्क मात्रै रह्यो ।
प्रतियोगितामा बङ्गलादेशले नेपाललाई दोस्रोपटक हराएको हो । पहिलो खेलमा इन्जुरी समयको अन्तिम सेकेन्डमा गोल गर्दै बङ्गलादेशले ३–२ को जित निकालेको थियो ।
बङ्गलादेशले यसअघि सन् २०२३ को संस्करणको पनि उपाधि जितेको थियो । बङ्गलादेशको जितमा सागोरिका नायक बनिन् । गत जुलाई १३ मा नेपाल र बङ्गलादेशबीचको खेलमा नेपाली डिफेन्डर सिम्रन राई र सागोरिकाबीच मैदानमै हात हालाहाल र कपाल लुछालुछ भएको थियो । उक्त घटनापछि रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिएका थिए । रातो कार्ड पाउँदा सामान्यतया एक खेलको प्रतिबन्ध लाग्ने थियो, तर, दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले यी दुई खेलाडीलाई तीन खेलको प्रतिबन्ध र समान ५०० अमेरिकी डलर जरिवाना गरेको थियो ।
खेलको आठौँ मिनेटमै सागोरिकाले गोल गरिन् । त्यसपछि खेलको ५२औँ मिनेटमा उनले आफ्नो टोलीको अग्रता दोब्बर बनाइन् । त्यसको छ मिनेटमै उनले ह्याट्रिक पूरा गरिन् र ७८औँ मिनेटमा चौथो गोल गरिन् । रासस
Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

मधेसको खडेरी संकट समाधानका लागि चार मन्त्रालयको कार्यदल गठन

काठमाडौं, ५ साउन/लगातारको खडेरीले तराई–मधेस क्षेत्रमा गम्भीर प्रभाव पारिरहेका बेला सरकार उच्च सतर्क मोडमा गएको छ। साउनको पहिलो सातासम्म...

सम्बन्धित खबर

- Advertisement -neelambads