search

प्रो. किरण बाला दीर्घ सेवा पदकसहित पदोन्नत, शैक्षिक क्षेत्रमा हर्ष

पढ्न छुटाउनुभयो ?

बीरगंज ६ साउन । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ठाकुर राम बहुमुखी क्याम्पसकी वनस्पति विज्ञानकी प्राध्यापक प्रोफेसर (डा.) किरण बाला “दीर्घ सेवा पदक”बाट सम्मानित हुनुका साथै प्राध्यापक पदमा पदोन्नत भएको अवसरमा सीमाञ्चल क्षेत्रको शैक्षिक वृत्तमा हर्ष छाएको छ।
हालै क्याम्पस प्राध्यापक संघद्वारा आयोजित एक समारोहमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रो. (डा.) घनश्याम भट्टराईले प्रो. बालालाई दीर्घ सेवा पदक प्रदान गर्दै दोसल्ला ओढाएर र पुष्पगुच्छ अर्पण गरी सम्मान गरे।
प्रो. बाला त्रिभुवन विश्वविद्यालय वनस्पति विज्ञान विभागकी पहिलो भारतीय महिला प्राध्यापक हुन्। लामो समयदेखि अध्यापनमा संलग्न उनी क्याम्पसमा अत्यन्त लोकप्रिय शिक्षिका मानिन्छिन्।
कार्यक्रमको अध्यक्षता प्राध्यापक संघका अध्यक्ष डा. प्रमोद कुमार कुशवाहाले गरेका थिए। समारोहमा विभिन्न विश्वविद्यालयका प्राध्यापक, सामाजिक अभियन्ता तथा शिक्षाविद्हरूले शुभकामना व्यक्त गर्दै भने— “प्रो. बाला को सम्मान सम्पूर्ण शैक्षिक क्षेत्रको गौरव हो।”
समारोहमा वक्ताहरूले उहाँको दीर्घकालीन समर्पण, अनुसंधानमा सक्रियता, र विद्यार्थीहरूप्रतिको निष्ठाको प्रशंसा गरेका थिए।
Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads