search

spot_img
spot_img

भारत सरकारको सहयोगमा पर्सा, बारा, धनुषाका यी विद्यालयहरुलाई ४१ करोडको सहयोग

पढ्न छुटाउनुभयो ?

वीरगन्ज ६ साउन ।  भारत सरकारले बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेंगा साह माध्यमिक विद्यालयको पूर्वाधार विकासका लागि ५ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

यस महत्वपूर्ण परियोजनाका लागि भारतीय दूतावास र प्रसौनी गाउँपालिका प्रमुखबीच काठमाडौँमा आज पचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको गाउँपालिकाका अध्यक्ष विनोद जयसवालले बताए ।

यस परियोजना अन्तर्गत विद्यालयमा तीनतले शैक्षिक भवन, होस्टल र पुस्तकालय निर्माण गरिनेछ। यसका साथै, विद्यार्थीहरूको सहजताका लागि पर्याप्त कक्षा कोठा, शौचालय, सरसफाइ तथा खानेपानी व्यवस्था, बिजुलीबत्ती जडानलगायतका अन्य आवश्यक पूर्वाधार र फर्निचर, कम्प्युटरजस्ता सामग्रीहरू समेत उपलब्ध गराइनेछ।

श्री बेंगा साह माध्यमिक विद्यालय प्रसौनी गाउँमा अवस्थित छ। यस विद्यालयमा हाल बाल विकास देखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ, जहाँ करिब २४०० विद्यार्थीहरू अध्ययनरत छन्। तीमध्ये ५० प्रतिशतभन्दा बढी छात्राहरू रहेका छन्।

यो पहलले विद्यालयको भौतिक पूर्वाधारलाई सुदृढ पार्दै विद्यार्थीहरूको सिकाई वातावरणलाई अझ राम्रो बनाउने विश्वास लिएको अध्यक्ष जयसवालले बताए । यस परियोजनाको कार्यान्वयन प्रसौनी गाउँपालिका आफैँले गर्नेछ।

सम्झौता अनुसार टेण्डर प्रक्रियामा गएपछि १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय परियोजना कार्यान्वयन निकायहरूबीच आज पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । यी परियोजनाहरूको कुल अनुमानित लागत ३९ करोड रुपैयाँ रहेको छ।

यी पाँच परियोजनाहरूमध्ये तीनवटा परियोजना मधेश प्रदेशमै केन्द्रित छन्। पर्सा, बारा र धनुषाका एक–एक विद्यालयले यसबाट प्रत्यक्ष लाभ पाउने भएका छन् ।

पर्साको पोखरिया नगरपालिका–६ मा अवस्थित यस विद्यालयका लागि १० करोड ४२ लाख रुपैयाँको सहयोग प्राप्त हुनेछ। नर्सरीदेखि १० कक्षासम्म ६५० विद्यार्थी अध्ययनरत यस विद्यालयमा तीनतले शैक्षिक भवन, प्रशासनिक ब्लक, गेट र गार्ड हाउस, शौचालय, बाउन्ड्री वाल, ल्यान्डस्केपिङ, खानेपानी तथा बिजुली, फर्निचर, ल्याब उपकरणसहित अन्य पूर्वाधार निर्माण हुनेछ।

यसैगरी धनुषाको बटेश्वर गाउँपालिका बटेश्वर–३ मा श्री जनशक्ति माध्यमिक विद्यालय भवनको निर्माण परियोजनाका लागि भारत सरकारले ५ करोड ८० लाख रुपैयाँ सहयोग गर्नेछ। यसले ३४० विद्यार्थीहरूलाई प्लेग्रुपदेखि १० कक्षासम्म शिक्षा प्रदान गरिरहेको यस विद्यालयको पूर्वाधारलाई सुदृढ पार्नेछ।

Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

प्रो. किरण बाला दीर्घ सेवा पदकसहित पदोन्नत, शैक्षिक क्षेत्रमा हर्ष

बीरगंज ६ साउन । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ठाकुर राम बहुमुखी क्याम्पसकी वनस्पति विज्ञानकी प्राध्यापक प्रोफेसर (डा.) किरण बाला “दीर्घ...

सम्बन्धित खबर

- Advertisement -neelambads