search

१३३ किलो गाँजा बरामद, कार चालक फरार

पढ्न छुटाउनुभयो ?

रौतहट, ६ साउन । रौतहट जिल्लाको गरूडास्थित झाझ खोला नजिकबाट ठूलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको छ । चन्द्रनिगाहपुरबाट गौर जाँदै गरेको ग३च ६७९६ कारलाई प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा चालकले तीव्र गतिमा गाडी हाँकेर भाग्ने प्रयास गरेको थियो । इलाका प्रहरी कार्यालय गरूडाको टोलीले मंगलवार बिहान उक्त गाडी गरूडा नगरपालिका–५ को झाझ खोला नजिक करिब २० फिट गहिरो खेतबाट बरामद गरेको छ भने चालक उखुवारी हुँदै फरार भएका छन् । प्रहरीले क्रेनको सहायताले रातो रड्ढो ब्रेजा कारलाई खेतबाट निकालेको छ । कार चेकजाँचको क्रममा १३३ किलो गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय गरूडाका डिएसपी राजन कार्कीले बताए । उनले गाँजाको तस्करीवारे गहन अनुसन्धान भइरहेको जनाएका छन् ।
Facebook Comments Box

ताजा खबर

सानो पाइलाद्वारा सञ्चालित पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स ल्याब’ स्थापना

वीरगंज, १९ कात्तिक — सामुदायिक संस्था सानो पाइला द्वारा सञ्चालित सामुदायिक पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स...

सम्बन्धित खबर

- Advertisement -neelambads