search

spot_img
spot_img

करेन्ट लागेर दुईजनाको मृत्यु

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ साउन । ई–रिक्साको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर वीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवाका २६ वर्षीय जाहिर अन्सारीको मृत्यु भएको छ । घर अगाडि आफ्नो ई–रिक्साको ब्याट्री चार्ज गर्ने क्रममा अन्सारीलाई करेन्ट लागेको थियो । तत्कालै वीरगंज–१५ स्थित तराई हस्पिटलमा उपचारका लागि पु¥याउँदा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । अन्सारीको शव नारायणी अस्पतालमा पोस्टमार्टम गरेर दाहसंस्कारका लागि उनको बुबाको जिम्मा लगाएर पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । यसैगरी रौतहटमा करेन्ट लागेर एक किसानको ज्यान गएको छ। मृत्यु हुनेमा कटहरिया नगरपालिका–२ जमुनियाका ५२ वर्षीय मोक्तार देवान रहेका छन। मंगलवार दिउँसो आफ्नै खेतमा सिंचाइका लागि जडान गरेको विद्युतीय मोटरको तारबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। घाइते देवानलाई तत्कालै गरूडा स्थित ग्राण्डी अस्पतालमा उपचारका लागि पुर्याइएको भए पनि डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सेनाद्वारा आन्दोलनकारीलाई वार्ताका लागि आह्वान

काठमाडौँ, २४ भदौ : प्रधानसेनापति अशोकराज सिग्देलले पछिल्लो विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तबरले निकास दिनका लागि आन्दोलनरत समूहलाई आन्दोलनका...

सम्बन्धित खबर

- Advertisement -neelambads