search

चित्रगुप्त समितिको अक्षयकोषमा ५ लाख सहयोग

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ साउन । गरीब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका एक चित्रांश परिवारले चित्रगुप्त समिति बीरगन्जलाई अक्षयकोष को लागि ५ लाख ५ हजार उपलब्ध गराएका छन् ।
आफ्नो मृतक भाइ सुर्य मोहन लालको चिर स्मृतिमा बीरगन्ज महानगर पालिका वडा न ३ का सुशील कुमार लाल , गगन मोहन लाल ,अजित मोहन लाल र खड्ग मोहन लालले चित्रगुप्त समिती बीरगन्जलाई अक्षयकोष को लागि ५ लाख ५ हजार रुपैया उपलब्ध गराएका हुन। एक सडक दुर्घटनामा केही वर्ष अधि सुर्यमोहन लाल को मृत्यु भएको थियो ।
बुधबार दाता परिवारको तर्फबाट गगन मोहन लालले चित्रगुप्त समिति बीरगन्जका अध्यक्ष महेश दासलाई ५ लाखको चेक हस्तान्तरण गर्नु भयो । स्वर्गीय सुर्यमोहन लाल भतिजो मनिष सुमनले अविवाहित काकाको अंशको रुपैया काकाको चिरस्मरण को लागि अक्षयकोष स्थापना गरि चित्रगुप्त समिति मार्फत गरीब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन ५ लाख ५ हजारको चेक हस्तान्तरण गरिएको बताए । दाता परिवारबाट प्राप्त रकमबाट आर्थिक रुपमा विपन्न जेहन्दार विद्यार्थीलाई बार्षिक रुपमा छात्रवृत्ति दिइने तथा अति आवश्यक विरामीलाई औषधि उपचारमा आर्थिक सहयोग प्रदान गरिने समितिका अध्यक्ष महेश दासले बताए ।
Facebook Comments Box

ताजा खबर

मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान गर्न आग्रह

जनकपुरधाम, २३ कात्तिकः नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा...

सम्बन्धित खबर

- Advertisement -neelambads