search

spot_img
spot_img

गापाअध्यक्षको अभिव्यक्तिप्रति पत्रकार महासंघको निन्दा

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ साउन । नेपाल पत्रकार महासंघ, बारा र मधेश प्रदेश समितिले विज्ञप्ति जारी गरी बारा जिल्लाको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवको अभिव्यक्तिप्रति निन्दा गरेको छ । नेपाल पत्रकार महासंघ, बारा शाखाका अध्यक्ष रमेश सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा गापा अध्यक्ष यादवलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिई सार्वजनिक रूपमा माफी माग्न आग्रह गरिएको छ । मंगलवार दिउँसो अध्यक्ष यादव चढेको स्कारपियोको चक्कामा मोटरसाइकल ठोक्किएर टायर पञ्चर भएपछि उनले चालक युवकलाई गालीगलौज र दुव्र्यवहार गरेको घटना प्रकाशमा आएको थियो। यो घटनावारे पत्रकारहरूले समाचार लेखेकै आधारमा अध्यक्ष यादवले सामाजिक सञ्जालमार्फत पत्रकारिता पेशामाथि नै निराधार आक्षेप र अपमानजनक टिप्पणी गरेको महासंघको भनाइ छ। विज्ञप्तिमा अध्यक्षको यस प्रकारको अभिव्यक्तिले सञ्चारकर्मीको मनोबल कमजोर हुनुका साथै डर, त्रासको सिर्जना भई निष्पक्ष र भयरहित रूपमा समाचार सम्प्रेषण गर्न समस्या उत्पन्न भएको उल्लेख छ । समाचारको विषयमा चित्त नबुझेमा कानुनी उपचार खोज्ने निकाय हुँदाहुँदै अध्यक्ष यादवले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई समेत आत्मसात नगरी पत्रकार र पत्रकारितालाई बदनाम गराउने तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेको महासंघले आरोप लगाएको छ। यसैबीच, नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ द्वारा जारी प्रेस विज्ञप्तिमा अध्यक्ष यादवको गैरजिम्मेवार तथा अपमानजनक अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएको उल्लेख छ। ‘समाचारप्रति असहमति जनाउने कानुनी बाटो खुला हुँदाहुँदै सार्वजनिक पदमा रहेका व्यक्तिले सामाजिक सञ्जालमा यस्तो गैरजिम्मेवार तथा अपमानजनक अभिव्यक्ति दिनु निन्दनीय मात्र होइन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण पनि हो,’ विज्ञप्तिमा भनिएको छ। मधेश प्रदेश समितिले यस कार्यको घोर भत्र्सना गर्दै अध्यक्ष यादवलाई सामाजिक सञ्जालमार्पmत दिएको अभिव्यक्ति तत्काल फिर्ता लिई आत्मसमीक्षा गर्न आग्रह गरेको छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

चित्रगुप्त समितिको अक्षयकोषमा ५ लाख सहयोग

वीरगंज, ७ साउन । गरीब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका...

सम्बन्धित खबर

- Advertisement -neelambads